• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष २७, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • २कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • ३कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • ४सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • ५वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • ६“कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • ७चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।
  • ८सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • ९नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • १०पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • ११राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • १२आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • १३भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • १४भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • १५हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

विश्व बैंकले नेपाललाई १८ अर्ब रुपैयाँ सहयोग गर्ने


उज्यालो समाचार May 4, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाण्डाै-विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ( करिब १८ अर्ब ३१ करोड रुपैयाँ) बराबरको ऋण सहयोग दिने भएको छ । बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व तथा सुदृढीकरणमा सहयोग गर्ने गरी उक्त रकम उपलब्ध गराउने भएको हो । बुधबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । ‘वृद्धिका लागि वित्त’ विषयक यस सहयोगले मुलुकको समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि खर्च गरिने जनाइएको छ ।  ‘हाम्रा मुख्य प्राथमिकताहरू दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यद्वारा निर्देशित छन्, जुन वित्तीय क्षेत्र विकास रणनीति (२०७८ – २०८२) मा पनि प्रतिबिम्बित छ । जसले कोभिड–१९ र जलवायु परिवर्तनका उदीयमान जोखिमहरूको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मूल प्रवाहमा ल्याउन केन्द्रित रहेको छ । यस ‘वृद्धिका लागि वित्त’ आयोजनाले यी प्राथमिकताहरूमा योगदान पुर्याउनेमा हामी विश्वस्त छौं’ अर्थ सचिव मरासिनीले बताएका छन् । यो दोस्रो ‘वृद्धिका लागि वित्त’ आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १० चैत्र २०७८ मा अनुमोदन गरेको थियो ।  कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको परिष्कृत पर्यवेक्षणलाई यस कार्यक्रमले सघाउने अपेक्षा गरिएको छ । यसले पुँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरु खोल्न र नवीनतम वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न मद्दत गर्ने समेत बताइएको छ । साथै, बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलीकरण र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट अर्थतन्त्रको तरलता र समावेशीता बढाउने पहलहरूलाई समेत यसले सघाउने छ ।

सम्बन्धित पोस्ट
  • सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    उज्यालो समाचार

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑