• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र २५, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • २त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • ३सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।
  • ४सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।
  • ५रविलाई नख्खु जेलबाट रिहा, प्रदर्शनकारीले गरे स्वागत ।
  • ६१९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।
  • ७सिंहदरबारभित्रै गेट तोडेर प्रवेश गरे प्रदर्शनकारी ।
  • ८उपत्यका भित्र कफ्र्यु आदेश जारी भए पनि प्रदर्शन रोकिएन कलंकी र सातदोबाटोमा टायर बाल्दै , अवस्था झनै जटिल बन्दै ।
  • ९सुरक्षा चासो बढेपछि भक्तपुरका केही क्षेत्रमा कफ्र्यु लागू ।
  • १०‘जेन जी’ प्रदर्शनमा गोली प्रहार एकको मृत्यु, कैयौं घाइते ।
  • ११देश परिवर्तनका नारा सहित माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु ।
  • १२मध्यपुरथिमिमा परम्परागत जिब्रो छेड्ने जात्रा, भक्तजनको भीड ।
  • १३रामेछाप विमानस्थल सुनसान, नियमित उडान स्थगित।
  • १४सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।
  • १५सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

महानगरपालिका मतपरिणाम ६ महानगरमा मेयरको मतान्तरमा महाफड्को,एमाले सबैमा पछाडी


उज्यालो समाचार May 25, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यस पटकको निर्वाचनमा महानगरपालिका प्रमुखले भारी मतान्तर बढाउन सफल भएका छन् ।

कुन महानगरमा कसको कति मतान्तर ?
वीरगञ्ज महानगरपालिका : साढे २२ हजार मतान्तर
वीरगञ्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंह भारी मतान्तरसहित विजयी भएका छन् । सिंहले ४६ हजार २१५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार सरावगी २३ हजार ६७१ मतमा रोकिए । महानगर प्रमुखमा सिंह २२ हजार ५५५ मतान्तरले विजयी भए ।

उपप्रमुखमा विजयी नेपाली काँग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत पाए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ९ हजार ५६८ मतमात्रै पाए । उपमेयर आलमले २० हजार ५१० मतको फराकिलो अन्तरले जित हासिल गरे ।

वीरगञ्जमा २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमुखमा उठेका राजेशमान तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीसँग पराजित भएका थिए । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा राजेशमानले १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए ।

भरतपुर महानगरपालिका : १२ हजारको मतान्तर

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल विजयी भएकी छन् । उनले ५२ हजार ३० मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनुले १२ हजार ४४९ मतान्तरमा जित हासिल गरेकी हुन् ।

उपप्रमुखमा निर्वाचित काँग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत पाइन् । अधिकारीले २२ हजार १९१ मतान्तरमा जित हासिल गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगर प्रमुखमा रेनु दाहाल झिनो मतान्तरले विजयी भएकी थिइन् । नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग उनले जम्मा २०३ मतको अन्तरमा जित हासिल गरेकी थिइन् । अघिल्लो चुनावमा रेनुले ४३ हजार १२७ मत पाएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए ।

ललितपुर महानगरपालिका : १८ हजारको मतान्तर

ललितपुर महानगर प्रमुखका लागि काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मतान्तरले जीत हासिल गरेका छन् । उनले ४२ हजार ७२२ मत पाउँदा एमालेका उम्मेदवार भन्दा १८ हजार १६२ मतान्तरले विजयी बने । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला महर्जनले २४ हजार ६४२ मत पाएका थिए भने ब्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । त्यतिबेला चिरीबाबु ३२६ मतान्तरले विजयी भएका थिए ।

पोखरा महानगरपालिका

कास्कीको पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजय बनेका छन् । उनले एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ६ हजार ४५ मत बढी ल्याएर जीत हासिल गरेका छन् । आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार १११ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३० हजार १७० मत पाएर विजयी भएका छन् । उनी ८ हजार ७१५ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तह चुनावमा काँग्रेसका भीम पराजुली २३ हजार ३१ मत पाएर विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी एमालेका विनोद प्रसाद ढकाललाई ५ हजार ७१० मतान्तरले पराजित गरेका थिए । ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

काठमाडौं महानगरपालिका : २० हजारको मतान्तर

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार ३३९ मत पाएका छन् । मतगणना चलिरहँदा उनले झन्डै २० हजारको मतान्तर कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए । उनले काँग्रेसका राजुराज जोशीभन्दा १९ हजार ६४४ मत बढी ल्याएका थिए ।

महानगरबाट बढारियो एमाले

२०७४ सालको स्थानीय तहको निर्वाचनमा देशका ६ महानगरमध्ये २ वटामा एमालेले जितेको थियो । काँग्रेसले २, माओवादी केन्द्रले १ र तत्कालीन संघीय समाजवादी फोरमले १ स्थानमा जित हात पारेका थिए । काँग्रेसले यसअघि जित हात पारेको ललितपुर र विराटनगर महानगर सुरक्षित गरेको छ । उता वीरगञ्जमा यसअघिको संघीय समाजवादी फोरम र हालको जसपाले पनि आफ्नो सिट जोगाउन सफल भएको छ ।

यस्तै माओवादी केन्द्रले भरतपुर महानगरपालिका पनि जोगाउन सफल भएको छ । एमालेले जितेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले र पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुने निश्चित भएको छ । महानगरपालिकाको नेतृत्वबाट एमाले बाहिरिन पुगेको छ ।

सम्बन्धित पोस्ट
  • काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।
  • सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।

    सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।

    सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।

    रविलाई नख्खु जेलबाट रिहा, प्रदर्शनकारीले गरे स्वागत ।

    १९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।

    सिंहदरबारभित्रै गेट तोडेर प्रवेश गरे प्रदर्शनकारी ।

    उपत्यका भित्र कफ्र्यु आदेश जारी भए पनि प्रदर्शन रोकिएन कलंकी र सातदोबाटोमा टायर बाल्दै , अवस्था झनै जटिल बन्दै ।

    १९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    उज्यालो समाचार

    काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।

    सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।

    सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।

    रविलाई नख्खु जेलबाट रिहा, प्रदर्शनकारीले गरे स्वागत ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑