• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २५, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

भक्तपुरको मध्यपुर थिमिको नगर कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन विजयी,भक्तपुरमा पाँच महिला सदस्य निर्विरोध


उज्यालो समाचार May 31, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेसबाट ७ र माओवादीबाट एक जना निर्वाचित भएका छन् । कांग्रेसबाट महिला ५ जना र दलित एवं अल्पसंख्यकतर्फ २ जना निर्वाचित हुँदा माओवादीबाट दलित एवं अल्पसंख्यकतर्फ एकजना निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत मैंया कँडेलका अनुसार कांग्रेसबाट महिला सदस्यतर्फ उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् । त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ कांग्रेसका जसे सार्की र सरोज परियार विजयी हुँदा माओवादीबाट बालकृष्ण परियार निर्वाचित भएको उनले जानकारी दिए ।
एमालेका उम्मेदवारहरुलाई पराजित गरेका सबैले २८–२८ मत ल्याएका थिए । एमालेका उम्मेदवारहरुले भने १३–१३ मत ल्याएका थिए ।

एमालेबाट  महिला कार्यपालिका सदस्यतर्फ अम्बिका रजक, कमला प्रजापति, रामकेशरी श्रेष्ठ, सरिता अर्याल र सुन्तली विश्वकर्माले उम्मेदवारी दिएका थिए । त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ प्रमिला परियार, मञ्जु नेपाली र मन्दिरा थापा परियारको उम्मेदवारी दर्ता गराएको थियो ।
निर्वाचन अधिकृत कँडेलका अनुसार कूल ४६ मतमध्ये ४२ मात्रै खसेको थियो । जसमध्ये एक मत पूर्ण बदर भयो ।

मतदानमा नेपाल मजदुर किसान पार्टीका ४ जना मतदाताले भने मतदान गरेनन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत मध्यपुर थिमि नपामा कांग्रेस एक्लैको बहुमत रहेको थियो । तैपनि सत्ता गठबन्धनअनुसार निर्वाचनमा होमिएका कांग्रेस र माओवादी केन्द्रले कार्यपालिका सदस्य निर्वाचनमा पनि गठबन्धन गरेका थिए ।

नौवटा वडा रहेको मध्यपुर थिमि नगरपालिकामा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट ४६ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये वडा नं ४ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन ।
मंगलबार भएको मतदानबाट कार्यपालिका सदस्य निर्वाचितहरुले कांग्रेसको २६ र माओवादीको २ गरी २८ मत पाएका हुन् । यसैबीच भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं ३ मा सुनिता अवाल (प्रजापति), वडा नं ५ मा कृष्णप्यारी भुजू, वडा नं ६ मा रोशनमैयाँ सुवाल, वडा नं ७ मा रञ्जना त्वाती र वडा नं ९ मा छोरीमैयाँ सुजखु प्रजापति निर्विरोध निर्वाचित भएका हुन् । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन् । सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढङ्गले काम गर्ने बताए।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑