• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १८, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • २राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • ३डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • ४अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • ५कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • ६“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • ७बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • ८कस्तो रहनेछ, आजको मौसमा ?
  • ९आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • १०अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • ११खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • १२एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • १३कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • १४अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या
  • १५श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  समाचार

पर्यटन मन्त्री जीवनराम श्रेष्ठ को हुन् ?


उज्यालो समाचार June 27, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका चार नयाँ मन्त्री थपिएका छन् । जसमा जीवनराम श्रेष्ठ पनि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार कार्यभार सम्हालेका मन्त्री श्रेष्ठ २०३६ सालको विद्यार्थी आन्दोलनको उभारबाट राजनीतिमा होमिएका थिए ।
त्यसयता एक जुझारु कार्यकर्ता, इमान्दर संगठक र नेकपामा आस्था राख्ने अनि स्थानीय राजनीतिको बलियो खम्बाको रुपमा उनी स्थापित भएका छन् । उनी काठमाडौंको स्थापित राजनीतिक नेताका रुपमा अग्रणी भूमिकामा छन् ।
श्रेष्ठ एकीकृत समाजवादीका केन्द्रीय सचिव, संसदीय दलको प्रमुख सचेतक तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । स्थानीय राजनीतिबाट प्रशिक्षित उनी काठमाडौंको मुद्दालाई राष्ट्रिय राजनीतिक मञ्चमा उठाउने स्थापित युवा नेतृत्वको रुपमा चिनिन्छन् । पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन, पहिलो र दोश्रो जनआन्दोलनको तापमा खारिएका उनी अहिले नेपालको राष्ट्रिय राजनीतिमा उपत्यकाका आशा लाग्दा नेताको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

बाल्यकाल
बुबा कृष्णराम र आमा बसन्तमायाका सन्तानका रुपमा उनको जन्म २०२२ सालमा काठमाडौंको स्वयम्भूस्थित धिमेल्हो टोलमा भएको हो । निम्न मध्यम परिवारमा हुर्किएका उनी सानैदेखि जुझारु र सरल स्वभावका थिए । स्थानीय विद्यालयबाट अध्ययन सम्पन्न गरेका उनी व्यवस्थापन विषयमा स्नातक हुन् । पञ्चायतकालमा सीमित व्यक्तिहरुको पहँुच र प्रभाव बिना आमजनतामाथि उक्लिने सम्भावना नभएको अवस्थाले उनलाई १४ वर्षको कलिलो उमेरमा नै यस विरुद्धको विद्यार्थी आन्दोलनहरुले आकर्षित गर्यो ।

राजनीतिक जीवन

२०३६ सालको आन्दोलनपछि पद्मरत्न तुलाधरको नेतृत्वमा मंका खलःबाट शुरु भएको भाषिक आन्दोलनले उनलाई युवा नेतामा स्थापित गर्दै लग्यो । तत्कालीन नेकपा (माले) बाट शिक्षित हुँदै पार्टीको संगठन निर्माण, विस्तार र नेतृत्वको सुरक्षा जस्ता जिम्मेवारीहरु निर्भिकतापूर्वक पूरा गर्ने क्रममा उनले २०४३ सालमा काठमाडौं वडा नं १५ को सक्रिय दलको सचिव बनी भूमिगत पार्टीको विस्तार कार्यमा महत्वपूर्ण भूमिका खेले ।

उनले २०४६ को जनआन्दोलनमा स्थानिय विद्यार्थी तथा युवाहरुलाई संगठित गर्ने र टोल टोलबाट आन्दोलनलाई उठाउने कार्य गरे । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रारम्भिक अवस्थादेखि नै सक्रिय उनी २०४८ सालमा प्ररायु संघको केन्द्रिय सदस्य हुँदै उपाध्यक्ष भएर कार्य गरेका थिए । पार्टीको भ्रातृ संगठनको रुपमा नेपाल खेलकुद महासंघ स्थापनाको पहलकदमी गर्दै गठन पश्चात् पार्टीको तर्फबाट महासंघको इन्चार्जको भूमिका पनि खेलेका थिए ।

जनताको बीचमा हुर्केका उनी २०४९ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं १५ को वडाध्यक्षमा निर्वाचित भए । यस जिम्मेवारीले उनलाई राजनीतिक सिद्धान्तमात्र होइन जनताको जल्दाबल्दा समस्यहरु बुझने र त्यसलाई कुशलतापूर्वक समाधान गर्ने कौशलमा पारंगत बनायो । उनको कार्यकालमा विकासमा निकै पछाडि परेको १५ वडामा सडक, ढल, पार्क, आधुनिक वडा कार्यालय, भवन निर्माण जस्ता उदाहरणीय कार्यहरु सम्पन्न भए भने वर्षौंदेखि बेवास्ता गरिएको डल्लु आवास योजनाले गति लियो ।

त्यतिबेला उनले काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष जीवन मानन्धरको अस्वस्थतापछि उक्त वडाकोसमेत वडाध्यक्ष भइ कार्यभार सम्हालेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनका विरुद्ध काठमाडौंका जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने चुनौतीपूर्ण कार्यलाई उनले कुशलतापूर्वक सम्पन्न गरे । जीवनरामको सफलता र क्षमताको मूल्यांकन गर्दै २०६५ सालको नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटीमा निर्वाचित भए । साथै उनले काठमाडौं जिल्ला ईन्चार्जको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

२०७१ सालको नवौं महाधिवेशनबाट लोकप्रिय मतसहित उनी दोश्रो कार्यकालको लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २०७२ सालको भूकम्पका बेला राहत र उद्धार कार्यमा आफूलाई दिलोज्यानले समर्पण गरेका श्रेष्ठ जनसरकारको विषयमा आफूलाई सक्रिय बनाउँदै आएका छन् ।

त्यही सक्रियता समग्र निर्वाचन क्षेत्र विकासको दीर्घकालीन योजना र इमानदारीको कदर गर्दै पार्टीले वाम गठबन्धनका तर्फबाट उनलाई संघीय प्रतिनिधिसभा सदस्यको संयुक्त उम्मेदवारको रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेको थियो ।

उनले सफलता हासिल गरे । उनी सांसद भएसँगै युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने अनुमान धेरैको थियो । किनकि उनी खेलकुदका पर्याय नै हुन् । तर उनले कुनै पनि मन्त्रालयको जिम्मा पाएनन् ।

नेकपा फुट्यो । त्यसपछि नेकपा एमाले फुट्यो । अनि उनी लागे नेकपा एसतिर । र अहिले सोही पार्टीबाट ५–६ महिनाका लागि मन्त्री भएका छन् ।

सम्बन्धित पोस्ट
  • कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    कस्तो रहनेछ, आजको मौसमा ?

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    उज्यालो समाचार

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑