• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २४, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • २काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ३अण्डा अड्किएर एक जनाको मृत्यु
  • ४वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • ५केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • ६बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ७४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • ८दुर्गा प्रसाईं पक्राउ
  • ९बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • १०बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ११प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • १२“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • १३काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • १४“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • १५डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

बागमती सरकार परिवर्तनको संकेत


उज्यालो समाचार June 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/बागमती प्रदेशमा हालसम्म तीन जना मुख्यमन्त्री बनिसकेका छन् । पछिल्लो समय प्रदेशले चौथो मुख्यमन्त्री पाउने चर्चा चल्न थालेको छ ।भागवण्डाअनुसार ६ महिनाका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएका हुन् । प्रदेशमा ६/६ महिना सरकार चलाउने गरी भएको सत्ता गठबन्धनका दलहरूको भागवण्डाको विषयले फेरि चर्चा पाउन थालेको हो । अब बाँकी ६ महिना नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पाउने शर्त छ ।

बिहीबार प्रदेश सांसदले मुख्यमन्त्री पाण्डेको राजीनामाको माग्दै हस्ताक्षर संकलन गरिएका छन् । शुक्रबारभित्रमा कुरा टुङ्गो लाग्ने माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले बताए । सोहीअनुसार प्रक्रिया अघि बढिरहेको स्रोतको भनाइ छ ।भागवण्डाअनुसार मुख्यमन्त्री पाण्डेको समय अवधि समाप्त भएको छ । मुख्यमन्त्री पाण्डेले अब अरूलाई पालो दिनुपर्ने भन्दै गठबन्धनमै रहेका नेकपा माओवादी र नेपाली कांग्रेसका सांसदहरूले माग गर्न थालेका छन् ।
पहिलो मुख्यमन्त्रीका रूपमा २८ माघ २०७४ मा तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले नेकपा एमालेका डोरमणि पौडेललाई नियुक्त गरेकी थिइन् । एमाले संसदीय दलका नेता पौडेलले बहुमतसहित ५८ जना सांसदको हस्ताक्षर भएको पत्र तथा नेकपा माओवादी केन्द्रबाट समर्थन पाएको पत्रसहित मुख्यमन्त्री नियुक्ति गर्न प्रस्ताव गरेपछि कोइरालाले पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रताव दर्ता भएपछि २ भदौ २०७८ मा उनले पदबाट राजीनामा दिए । उनले बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका ४५ सांसदले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो समयमा तत्कालीन मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका थिए ।
त्यसपछि आफ्नै मातहतको मुख्यमन्त्री राख्नका लागि २ भदौ २०७८ को राति नै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरियो । त्यति मात्रै होइन राति नै तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंबाट पद तथा गोपनीयताको शपथसमेत खुवाइयो ।

प्रथम मुख्यमन्त्री पौडेलले नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएपछि माधवकुमार नेपाल पक्षकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले दलको नेता चयन गरेको थियो । पौडेल स्वयंले शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । दलको नेता भएपछि एमालेको सिफारिसमा संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएकी शाक्यले मुख्यमन्त्रीको पद दुई महिना ८ दिन मात्रै सम्हाल्न पाइन् । १० कात्तिक २०७८ मा उनले प्रदेश प्रमुख प्रसाईंसमक्ष राजीनामा बुझाइन् ।

दोस्रो मुख्यमन्त्री शाक्यको राजीनामापछि बागमती प्रदेशको अर्का मुख्यमन्त्रीको रूपमा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेले मौका पाए । ११ कात्तिक २०७८मा प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

गठबन्धनमा रहेका माओवादीबाट २३, कांग्रेसबाट २२, एकीकृत समाजवादीबाट ११ र जसपाबाट एक गरी ५९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेको मुख्यमन्त्रीको पद पछिल्लो समय धरापमा परेको छ । ६/६ महिनाको लागि लिखित सम्झौता गरेका मुख्यमन्त्री पाण्डेको समय सकिए पनि पद छोड्न भने मन गरेका छैनन् ।

बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर उठेका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने मुख्यमन्त्री पाण्डेले बताएका छन् । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको समाचार प्रकाशित भएसँगै मुख्यमन्त्री पाण्डेले ट्विटरमार्फत त्यस विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

सम्बन्धित पोस्ट
  • ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • अण्डा अड्किएर एक जनाको मृत्यु
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    उज्यालो समाचार

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑