• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

संसदीय चुनावका लागि ११६ दल योग्य


उज्यालो समाचार August 6, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनमा भाग लिन चाहने दलले आयोगमा पुनः दर्ता गर्नुपर्ने हुन्छ । दल दर्ताका लागि आयोगले साउन ३१ सम्मको समय तोकेको छ । आयोगमा बिहीबारसम्म १ सय १६ दल दर्ता भएका छन् ।
स्थानीय तह निर्वाचनपछि चारवटा दल थपिएका छन् । आयोगमा दर्ता भएका सबै दलले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन आयोगमा फेरि नाम दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा २७१ अनुसार निर्वाचनमा मान्यता प्राप्त गर्नका लागि दल दर्ता गर्नुपर्ने प्रावधान छ ।

गठबन्धन गरेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने खुलाउनुपर्ने हुन्छ । यसरी निर्वाचनमा सहभागी भएपछि त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ । संयुक्त रूपमा निर्वाचनमा सहभागी भएका अन्य दलको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूलाई त्यही संसदीय दलको सदस्य मानिने कानुनी प्रावधान छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विवरण, उम्मेदवारी दिने जिल्ला, पछिल्लो ५ वर्षभित्र महाधिवेशन भएको मिति र स्थान, दलको दर्ता मिति, महाधिवेशनबाट निर्वाचित र मनोनीत पदाधिकारीको नाम पेस गर्नुपर्ने हुन्छ । त्यस्तै दलको केन्द्रीय कार्यालयको चल–अचल सम्पत्ति विवरण बुझाएको मिति, सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा अभिलेख राखे/नराखेको, दलको कार्यालयले सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, सदस्यको नाम प्रकाशन गरे/नगरेको, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पनि निवेदनमा खुलाउनुपर्ने हुन्छ ।

त्यस्तै दलले ०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा गाभिनुपूर्वको प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ०७७/७८ मा गाभिएर नयाँ कायम भएको दलले ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा पुरानो अलग–अलग पार्टीको लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

दल दर्ताका लागि निवेदन पेस गर्दा दलको विधान र नियमावली लोकतान्त्रिक हुने, कम्तीमा ५ वर्षमा एक पटक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारी निर्वाचन भएको हुने, कार्यकारिणी समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था गरिने सर्त पूरा गर्ने प्रतिबद्धता जनाएको पत्रसमेत पेस गर्नुपर्ने हुन्छ । दल दर्ता गर्न आयोगले उपलब्ध गराउने रुजुसूची भरेर प्रमुख पदाधिकारीले प्रमाणित गरी पेस गर्नुपर्ने हुन्छ । दल दर्ताको विवरण लिन आयोगमा छुट्टै डेस्कको व्यवस्था मिलाएको छ । निवेदन छानबिन गर्न कम्तीमा १० दिन लाग्ने आयोगले जनाएको छ ।

७४ मा निर्वाचन प्रयोजनका लागि आयोगमा ९५ दलले निवेदन दिएका थिए । निवेदन दिएकामध्ये समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले माओवादी केन्द्रको चिह्न, राष्ट्रिय नागरिक पार्टीले शिव सेना नेपालको निर्वाचन चिह्न, पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आधुनिक नेपाल पार्टीको चिह्न लिई निर्वाचनमा भाग लिएका थिए ।

निर्वाचनमा भाग लिन ९५ दलले निवेदन पेस गरेकामा आयोगले ९१ राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरी चिह्न प्रदान गरेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ राजनीतिक दलले मात्र भाग लिए । तीन महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६३ दलले मात्रै भाग लिएका थिए ।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑