उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेका छन्। शनिवार गिरिको उपचारका क्रममा ललितपुरस्थित नेपाल मिडिसिटी अस्पतालमा निधन भएको थियो। पुनले गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन्। गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि उनले पुर्याउनु भएको योगदानल सधैँ बाँचिरहने बताएका छन्। गिरिको आजै पशुपतिमा अन्तिम संस्कार गरिँदैछ।

उज्यालो समाचार


अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”