भक्तपुर/माउन्ट सिनाइ एकेडेमीले माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुल र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलबाट एस.ई.ई. उतीर्णहरु विद्यार्थीहरुलाई बधाई तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो दुइ स्कुलका २०७६ देखी २०७८ सम्मका तीन एस.ई.ई ब्याचलाई बधाइ तथा विदाइ गरिएको थियो ।
एकेडेमीका डाइरेक्टर डा. ज्ञानकृष्ण कायष्थको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि डा. देवी गुरुंगले आफनो कठिन जीवनका दिनहरुवारे स्मरण सुनाउँदै लक्ष्यमा निरन्तर लागि रहे जीवनमा सफलता हासिल गर्न सक्ने बताउनु भयो ।
माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल विप्लव प्रजापति र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल राजेश्वरी कायष्थले विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्नु भएको कार्यक्रममा विद्यार्थीहरु आयुष थापा, अग्रिम श्रेष्ठ लगायतले पठन शैली र अनुभववारे भनाइ राख्नु भएको थियो ।
गायन, नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरु सहित सम्पन्न गरिएको कार्यक्रममा लिपा दायगिंको भूमिकामा कठिन तान्त्रिक नाच लायकू भैलः २०७९मा सहभागी सो स्कुलका पुर्व विद्यार्थी श्रयन श्रेष्ठलाई कदर पत्र पनि प्रदान गरेको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com