• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडी बस दुर्घटना अपडेट : उपचारका क्रममा थप ५ को मृत्यु, हुनेको संख्या १३ पुग्यो
  • २बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ३प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ४“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ५काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ६“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ७डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ८तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ९आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १०काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • ११सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • १२क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १३बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १४कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १५राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

नागढुङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा वितरण र भत्काउने काम जारी


उज्यालो समाचार September 16, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ ।

घरधनी र जग्गाधनीलाई मुआब्जा वितरण हुन बाँकी रहेकाले पूर्ण अधिग्रहण हुन नसकेको हो। ती घरमा व्यापार–व्यवसाय गर्ने व्यक्तिको मुआब्जा वितरण भने सकिएको छ। घरजग्गाको मुआब्जा पूर्ण रूपमा वितरण गर्न आर्थिक वर्ष २०७८/७९ को अन्त्य र नयाँ आर्थिक वर्षको बजेटको निकासामा ढिलाइ भएकाले पनि काम सक्न ढिलाइ भएको आयोजनाको पुनर्वास व्यवस्थापन विज्ञ पदमराज शर्माले बताउनुभयो।

आयोजनामा यतिबेला मुख्य राजमार्ग छोएर विस्तार हुने सुरुङमार्गको संरचना बनाउन आसपासका घर तथा जग्गा अधिग्रहण गर्ने काम भइरहेको आयोजनाका निमित्त प्रमुख माधव अधिकारीले बताउनुभयो। उहाँका अनुसार मुख्य राजमार्ग र सुरुङमार्गको मुख्य प्रवेशद्वार किसिपिडी खोला आसपास अधिग्रहण गरिएका घरजग्गा भत्काउने कार्य अन्तिम चरणमा पुगेको हो।

विज्ञ शर्माका अनुसार मुख्य राजमार्गको गुर्जुधारा र किसिपिडी क्षेत्रमा गरेर कुल ५६ वटा व्यक्तिगत घर अधिग्रहणका क्रममा भत्काउनुपर्ने हुन्छ। तीमध्ये ४८ वटा भत्काइसकिएको छ भने बाँकी भत्काउने प्रक्रियामा छन्।

त्यस्तै आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अन्तिम चरणमा पुगेको छ। धादिङ र काठमाडौँमा सुरुङमार्गलाई प्रत्यक्ष छुने क्षेत्रका घरजग्गा अधिग्रहणको काम पनि अझै केही बाँकी छ। अधिग्रहणको प्रक्रिया नै वैशाख–जेठबाट सुरु नहुनु, कतिपय घरजग्गाको लगत मालपोतबाट आउन ढिला भएकाले पनि अधिग्रहणमा असर परेको जनाइएको छ। सुरुङमार्गमा प्रत्यक्ष जोडिएका दुई जिल्लाका ३०४ घरधुरी र ४६ वटा सार्वजनिक संरचना छन्। त्यस्तै जग्गातर्फ ४०८ कित्ताको २४०.६४ रोपनी अधिग्रहणका लागि तय भएको छ। सुरुङमार्गमा स्थानीय गुठीको थप २९.८५ रोपनी जग्गा र चारवटा संरचना परेका छन्। दुवै जिल्लाको अधिग्रहणमा ९६ प्रतिशतभन्दा बढी भएको दाबी आयोजनाले गरेको छ।

जसका लागि नेपाल सरकारले करिब पाँच अर्ब रुपियाँ बजेट छुट्याएको छ। सुरुङमार्गको ‘फ्लाइओभर’ बन्ने स्थानको किसिपिडी खोला र मुख्य राजमार्ग छोएका ५६ घरधुरी र १४.४७ रोपनी जग्गा अधिग्रहण गर्न तय भएको थियो। त्यसका लागि करिब ९१ करोड बजेट छुट्याइएको छ।

त्यसतर्फका घरधनीले कम्तीमा चार लाखदेखि एक करोड पाँच लाख रुपियाँसम्म मुआब्जा निर्धारण भएको छ। जग्गातर्फ भने मुख्य सडक छोएको जग्गाको प्रतिआना ५२ लाख र सडकदेखि केही भित्रपट्टि प्रतिआना ५० लाख रुपियाँ निर्धारण गरिएको विज्ञ शर्माले बताउनुभयो।

मुख्य सडकका घरमा व्यापार व्यवसाय गर्ने ६६ जनाले प्रतिव्यवसायी एकमुष्ट ५० हजार नौ सय रुपियाँ मुआब्जा पाएका छन्। घरधनीलाई एक करोड ६३ लाख र जग्गाको ७३ करोड ३० लाख ३२ हजार ११८ रुपियाँ मुआब्जा वितरण बाँकी रहेको आयोजनाले जनाएको छ। घरधनीलाई मुआब्जा दुई किस्तामा दिइने नियम छ।

शर्माले भन्नुभयो, “मुआब्जामा पहिलो किस्ता पाएपछि दोस्रो किस्ता पाउन घर भत्काएको सिफारिस वडाबाट ल्याउनुपर्ने हुन्छ।” त्यसपछि आयोजनाका पदाधिकारीले अनुगमन गरेर भत्काइएको पाइएमा बल्ल दोस्रो किस्ता दिइन्छ। गत पुसमा शिलान्यास भएको लामो समयपछि मात्र सुरुङ मार्ग निर्माण थालिएको हो। मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटरमध्ये एक हजार ५२० मिटर मार्ग निर्माण भइसकेको छ। मुख्य सुरुङमार्गसँगै निर्माण सुरु भएको सहायक सुरुङमार्ग दुई हजार ५५७ मिटर लम्बाइको छ।

सम्बन्धित पोस्ट
  • बैतडी बस दुर्घटना अपडेट : उपचारका क्रममा थप ५ को मृत्यु, हुनेको संख्या १३ पुग्यो
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडी बस दुर्घटना अपडेट : उपचारका क्रममा थप ५ को मृत्यु, हुनेको संख्या १३ पुग्यो

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    बैतडी बस दुर्घटना अपडेट : उपचारका क्रममा थप ५ को मृत्यु, हुनेको संख्या १३ पुग्यो

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    उज्यालो समाचार

    बैतडी बस दुर्घटना अपडेट : उपचारका क्रममा थप ५ को मृत्यु, हुनेको संख्या १३ पुग्यो

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑