• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष २३, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • २सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • ३वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • ४“कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • ५चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।
  • ६सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • ७नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • ८पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • ९राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • १०आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • ११भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • १२भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • १३हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति
  • १४लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ
  • १५चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश र बाग्मती प्रदेशको संयुक्तमा १३ बुँदे विशेष प्रस्तावहरु पारीत


उज्यालो समाचार September 24, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश र बाग्मती प्रदेशको संयुक्त भेला सम्पन्न भएको छ । शनिवार नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेलाले विभिन्न समसायीक सवालका १३ बुँदे विशेष प्रस्तावहरु पारीत गरेको छ । जो यस प्रकार छ ।

समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशको संयुक्त भेला २०७९ असोज ८, काठमाडौंद्धारा जारी घोषणापत्र’

२०७९ असोज ८ गते काठमाडौंमा सम्पन्न समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशको संयुक्त भेलाले यो घोषणापत्र जारी गरेको छ ।
१. प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संविधानको धारा ११३ (५) को व्यवस्था उल्लंघन गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक जस’ लिने प्रयास गरेको प्रति यो भेला खेद व्यक्त गर्दछ । संवैधानिक सिमा र पदीय मर्यादा बाहिर गएर भएका राष्ट्रपतिको कदम लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यलाई बाधा पु¥याउनेतर्फ अग्रसर रहेको ठहर गर्दै यो भेला लोकतान्त्रिक मुल्य मान्यताप्रति सचेत, सजग र प्रतिवद्ध रहन सम्वन्धित सबैलाई आग्रह गर्दछ ।
२. पाँच वर्षे अवधीमा समेत सरोकारवाला निकायको सुझाव बमोजिम मिडिया काउन्सिल विधेयक जारी हुन नसकेकोमा यस भेला चिन्ताप्रकट गर्दछ । सरोकारवालाको सहमति समेतमा लामो छलफलपछि प्राप्त सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउनुपर्नेमा त्यसो नगरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । प्रेस काउन्सिलको वर्तमान नेतृत्वको कार्यकाल लम्ब्याउने वा तत्काल नयाँ काउन्सिल गठन गरी त्यसको नेतृत्व कसलाई दिन्ने भन्ने जस्ता नितान्त व्यक्तिगत स्वार्थकेन्द्रित विषयमा अल्मलिएर पत्रकार महासंघको नेतृत्वसमेत विभाजित भएकोमा यो भेला गम्भिर असहमति प्रकट गर्दछ । विश्वव्यापी प्रेस स्वतन्त्रता र प्रेस काउन्सिलको स्वायत्तता कायम गर्ने मूल मर्म भन्दा अन्य खुद्रा–मसिना विषयमा अल्मलिएर उक्त विद्ययेक फेरि शुन्यको अवस्थामा पु¥याउनु वा टार्नु नेपाली सञ्चारजगतलाई बदलिँदो परिवेश अनुरुप फराकिलो ढंगले कानुनी दायरामा समेट्न नसक्नु हो भन्ने ठहर गर्दै यो भेला ती कदमहरुको भत्र्सना गर्दछ ।
३, यो भेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सञ्चारसम्वन्धी नियुक्तिहरुमा गरिएको एकपक्षीय कदमको कडा आलोचना गर्दै गठवन्धन सरकारको संस्कृति अनुरुप योग्यता र क्षमताको आधारमा नियुक्ति प्रक्रिया अघि बढाउन सञ्चारमन्त्री र सम्वद्ध निकायलाई आग्रह गर्दछ ।
४, यो भेला प्रेस काउन्सिल लगायतका निकायहरुबाट वितरण हुने अवसर, पुरस्कार र अन्य सहुलियतहरुमा राजनीतिक आस्था, आग्रह र भनसुनलाई जोड नदिई आफ्नो निश्पक्षता कायम गर्दै उक्त संस्थाको गरिमा उचो राख्न विशेष आग्रह गर्दछ । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने आर्थिक सहायता, उपचार खर्च, पुरस्कार, सम्मानलाई व्यवस्थित वैज्ञानिक, पारदर्शी र भेदभावरहित बनाउन आग्रह गर्दछ ।
५. श्रमजीवी पत्रकार ऐन र ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनहरु प्रति यस भेला पूर्ण ऐक्यवद्धता र समर्थन गर्दछ । हाम्रो संगठन श्रम समस्या तत्काल समाधान गरी पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्ता नपाउनेलगायतका गुनासो नहुने गरी काम गर्न मिडिया संचालकहरुलाई अनुरोध गर्दै राज्यका नियामक निकायहरुलाई पनि यस मामलामा कठोर नीति अपनाउन आग्रह गर्दछ । यो भेला सम्बन्धित सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्युनता पारिश्रमिक निर्धारण समितिलाई बढ्दो महंगीलाई ध्यानमा राखी पत्रकारको न्युनतम मासिक पारिश्रीमक रु.४० हजार सिफारिस गर्न माग गर्दछ ।
६.यो भेला साना लगानीमा सञ्चालित स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासंग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारसमक्ष आग्रह गर्दछ । मुख्यगरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रीत पत्रकारहरु बढी मारमा परेकोले त्यसको उचित सम्बोधन गर्न तथा साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गर्न माग गर्दछ । हाल पत्रपत्रिकालाई प्रदान गर्दै आइरहेको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल सतप्रतिशत वृद्धि गर्न र अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गर्दछ ।
७.देशैभरीका साना लगानी तथा स्वरोजगार सञ्चार माध्यमलाई आन्तरिक राजश्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएको छ । स्थानीय सरकारले मिडिया सञ्चालनको अवधीदेखिको स्थानीय कर तिर्नुपर्ने जस्ता दोहोरो करमुखी प्रावधान अघि सारेकोमा यो भेला त्यसप्रति आपत्ति प्रकट गर्दै सबै सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गर्दछ ।
८, विज्ञापन बोर्डले विभिन्न कानूनी उल्झनको बहाना बनाएर मिडियाहरुको विज्ञापन वापतको भुक्तानी रोक्ने काम गर्दै आएको छ । त्यतिमात्र होइन हरेक सरकारी निकायहरुका विज्ञापनमा ३ प्रतिशत बोर्डले कट्टा गरेर लिनेगरी पत्राचार गरेको छ । विभिन्न सरकारी कार्यालको विज्ञापन सञ्चारमाध्यमहरुले पाइरहेकोमा पत्राचार गरेर नदिन भनेको छ । यस्ता कदमले ति मिडियाहरु सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेका छन् । विज्ञापन बोर्ड मिडियाहरुको रक्षक होइन, भक्षक जस्तो भएको छ । यस विषयमा बोर्डका पदाधिकारीहरूलाई संगठनका निकायमार्फत पटकपटक ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ भएको छैन । यो भेला साना तथा स्वरोजगारमूलक मिडियालाईसमेत सहज रूपमा विज्ञापन उपलब्ध गराउने वातावरण मिलाउन र अन्यथा बोर्डको औचित्यताका प्रश्न उठाउने काम नगर्न बोर्डलाई विशेष आग्रह गर्दछ ।
९, जेष्ठ पत्रकारहरुका लागि सुरु गरिएको जीवनवृति भत्ताको स्वागत गर्दै ६० वर्ष उमेर पुगेका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिसकेका जेष्ठ तथा अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न यस भेला जोडदार माग गर्दछ ।
१०. यो भेला प्रदेश स्तरमा बहुलतामा रहेको भाषा र उक्त भाषाभाषीको सञ्चार माध्यमलाई प्रोत्साहनको नीति अघि सार्न प्रदेश सरकार समक्ष माग गर्दछ । र, मातृभाषामा पत्रकारिता गर्नेलाई सरकारले प्रोत्साहनको व्यवस्था गनै विशेष आग्रह गर्दछ । समावेसी संचार नीति अन्तरगत महिला,आदिवासी, जनजाती,दलित, अपाङ्ग, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन ल्याउन पनि यो भेला विशेष आग्रह गर्दछ ।
११.राष्ट्रिय समाचार समितीलगायतका सरकारी संचारमाध्यममा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गर्न थालेकोप्रति यो भेलाको गम्भीर ध्यानाकर्षण भएको छ । आस्थाका आधारमा पत्रकारलाई निष्कासन गर्ने कार्य नगर्न यो भेला सबै सञ्चारमाध्यमलाई आग्रह गर्दछ । साथै, सरकारले नियुक्त गरेका सरकारी सञ्चारमाध्यमका प्रमुखहरुले कार्यरतहरुलाई अवसर दिने सवालमा गरेको विभेद र समाचार कभरेजका सन्दर्भमा गरिएको असन्तुलित व्यवहार तत्काल सच्याउन माग गर्दछ ।
१२, साना लगानीमा सञ्चालित स्वरोजगार मूलक पत्रपत्रिकाहरु अनलाइन (डिजिटल) मा मात्र प्रकाशन गर्न चाहेको खण्डमा पनि पत्रिकाले पाउँदै आएको सुविधा अनलाइनमा यथावत रुपमा उपलब्ध हुने नीतिगत व्यवस्था कायम गर्न यो भेला माग गर्दछ ।
१३ .नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायत कमरेडहरु प्रति यो भेला प्रमुख आतिथ्यता र विशेष आतिथ्यता ग्रहण गरिदिनुभएकोमा हार्दिक आभार प्रकट गर्दै भेलालाई सफल पार्न आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णमा विशेष कृतज्ञता प्रकट गर्दछ ।

सम्बन्धित पोस्ट
  • कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।

    पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    उज्यालो समाचार

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑