• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • २दुर्गा प्रसाईं पक्राउ
  • ३बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • ४बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ५प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ६“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ७काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ८“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ९डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • १०तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ११आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १२काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • १३सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • १४क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १५बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्‍याली


उज्यालो समाचार October 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएको र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

ठाउँ ठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुटे, भुसुना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोकेका थिए ।

र्‍याली दुधपाटीबाट, नासमना, तौमढी, स्कूलढोका , दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेर सभामा परिणत भएको थियो । सभामा डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीहरुमा अनुरोध गरियो ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अगुवाईमा आयोजना भएको र्याली पश्चातको सभामा नगर प्रमुख प्रजापतिले दसैँको मुखमा डेंगु रोग संक्रामक रुपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले डेंगु रोगबाट बच्न नगरवासीलाई सुरक्षित व्यवहारका लागि आग्रह गरे ।
उनले डेंगु मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिन आग्रह गरे । दसैँ पर्वमा सबैले आनन्दित हुन गरिने गतिविधिले स्वास्थ्यमा असर नपरोस, दुर्घटना नहोस, कोही अपांग नहोस भन्दै नगर प्रमुख प्रजापतिले सभ्य नगरवासीको भूमिकामा रहन नगरवासीमा आग्रह गरे ।
कार्यक्रममा ख्वप अस्पतालका डाक्टर अमर प्रजापतिले डेंगु रोगलाई सामान्य रोगको रुपमा मात्र नलिई लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गरे । डेंगुलाई सामान्य रुपमा मात्र लिँदा धेरैको ज्यान गइसकेकाले लक्षण देखिने बितिकै सचेत रहन आग्रह गर्दै संक्रमितलाई टोकेको लामखुट्टेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाई समेत संक्रमण फैलिनसक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रुपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्न आग्रह गरियो ।

यसैगरी ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा मात्रै ५३० जनामा डेंगु संक्रमण पुष्टि भइसक्दा जिल्लाभर २० औं हजारमा संक्रमण फैलिसकेको हुनसक्ने भएकाले थप सचेतनाको आवश्यकतामा जोड दिए ।

सम्बन्धित पोस्ट
  • ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • दुर्गा प्रसाईं पक्राउ
  • बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    उज्यालो समाचार

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑