• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष २५, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • २कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • ३सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • ४वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • ५“कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • ६चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।
  • ७सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • ८नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • ९पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • १०राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • ११आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • १२भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • १३भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • १४हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति
  • १५लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।


सुबाश चौलागाईं July 16, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बेलायत/ बेलायतको रेडिंगमा ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन ( GRNCA ) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनी यहि जुलाई १५ तारिखको दिन स्वतन्त्र कबिता वाचनका साथ स्थानीय पार्क कम्युनिटी सेन्टर मा भब्य र सभ्यताका साथ संपन्न गरियो।

रेडिंग नेपाली समाजले गत २०१५ साल देखी नियमित रुपमा मनाऊन शुरु गरेको यो कार्यक्रमलाई आफ्नो बार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तिलाई कबिता महोत्सव को रुपमा मनाऊँदै आएको हो । GRNCA ले २०१६ सालमा ग़ैर आबासिय नेपाली संगठन बेलायत (NRNA UK ) को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने सन् २०१७ देखी साहित्य संगम यु के संग सहकार्य गर्दै संयुक्त रुपमा मनाएको थियो । यस बर्ष पनी GRNCA र साहित्य संगम युकेले भानु जयन्ति संयुक्त रुपमा नै आयोजना गरेको थिए। भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष भीमसेन खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथि साहित्य चौतारी युकेका अध्यक्ष्य साहित्यकार बाशु शर्मा हुनुहुन्थ्यो ।

कार्यक्रम को शुरुमा रेडिंग नेपाली समाज का महासचिव ओमकार अधिकारी ले ऊपस्थीत सबैलाई स्वागत गर्नु भयो भने साहित्य संगम युके का संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायतमा भाषा साहित्य प्रतीको अभिरुचि र यस तर्फ बढ्दै गरेको मोह तथा रेडिंग नेपाली समाज र साहित्य संगम युके को सहकार्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमा आदिकबी भानुभक्त आचार्यको योगदानको बारेमा पनी प्रकाश पार्दै आफ्नो कबिता पनी बाचन गर्नुभयो । यसै गरी छोटो समयको लागी नेपालबाट आऊनुभएका साहित्य अनुरागी नित्यानन्द पाठकले पनी भानुको बारेमा आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रमको मध्य भागमा बिभिन्न १५ वटा कबिता हरु पनी बाचन गरिएका थिए । कार्यक्रममा स्वयं ऊपस्थीत भएर कबिता बाचन गर्ने सहभागि कबिहरुमा बिनोद अधिकारी, लक्ष्मि पौडेल , निर्मला न्यौपाने , प्रतिमा केसी, प्रेम गुरुंग , शुरेश थापा , दुर्गा ढकाल, नेहा ढकाल ,कल्पना पण्डित , महेशहरी आचार्य , सुवास दाहाल , कुमार केसी , कृष्ण न्यौपाने र बाशु शर्मा हुनुहुन्थ्यो । यसैगरी कार्यक्रम संयोजक ओमकार अधिकारीले कबि यादब श्रेष्ठ र लक्ष्मी प्रसाद शर्माका कबिता पाठ गर्नुकासाथै आफ्ना कबिताहरु पनी वाचन गरेका थिए। कार्यक्रमको प्रमुख आकर्षण भने रेडिंग नेपाली समाज द्वारा संचालित नेपाली भाषा कक्षाका स-साना भाई बैनीहरुको प्रस्तुती रहेको थियो ।

नेपाली भाषा शिक्षक तथा कक्षा संयोजक त्रिलोचन गौतम द्वारा सहजीकरण गरिएको सो कार्यक्रममा बिध्यार्थीहरुले आँफुले बनाएका भानु भक्त का तस्बिरहरु देखाऊंदै रामायणका स्लोकहरु पनी लेख्ने र वाचन गर्ने पबित्र प्रयास को प्रदर्शन गरेका थिए। कबिता वाचनमा भाग लिने सबै सहभागी हरुको लागी सहभागिता को प्रमाण पत्र र बालबालीका हरुको लागी प्रोत्साहन स्वरूप ट्रफी पनी प्रदान गरिएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै साहित्य कार बाशु शर्माले भाषा साहित्य प्रति बेलायतबासी नेपालीहरुको लगाब र योगदानको कदर गर्दै एस्ता कीसिमका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाऊँदा आँफुलाई ज्यादै खुसी लागेको कुरा ब्यक्त गर्दै आफ्नो कबिता पनी वाचन गर्नु भएको थियो । अत्त्यमा कार्यक्रममा उपस्थित संपुर्ण साहित्यिक मनहरूलाई रेडिंग नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै रेडिंग नेपाली समाज का अध्यक्ष्य भीमसेन खड्काले यस्ता किसिमका कार्यक्रम हरुले नयां पिडिमा हौंसला थप्ने र नेपाली भाषा र साहित्यमा टेवा पुग्ने बिचार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

कार्यक्रम मा समाज का पुर्ब अध्यक्ष्यहरु डा सी बी गुरुंग , महेश गुरुंग , अर्जुन बस्नेत ,कृष्ण न्यौपाने लगायत सल्लाहकारहरु राम गलामी, त्रिलोचन गौतम ,क्याप्टेन सिबी पुन , मदन ऊप्रेती लगायत ऊल्यख्य साहित्य अनुरागी, बालबालीका , अभिबाबक तथा सर्बसाधरणको ऊपस्थीती रहेको थियो । कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा रेडिंग नेपाली समाज का महा सचिव ओमकार अधिकारी ले गरेका थिए।

सम्बन्धित पोस्ट
  • कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    उज्यालो समाचार

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑