• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २२, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • २नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • ३दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • ४धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • ५हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ६‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • ७बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • ८ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • ९राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • १०बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • ११आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • १२३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • १३साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • १४बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • १५एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

गोरखा मिडियामा सहकारीहरुबाट रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रास्वपा सभापति लामिछानेको संलग्नता नरहेको पुष्टि 


उज्यालो समाचार September 16, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वमन्त्री रवि लामिछाने संलग्न नरहेको प्रतिवेदन तयार गरेको छ ।
सोमबार समितिको तर्फबाट सभापति सूर्यबहादुर थापाले संसदमा यो सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा विभिन्न सहकारीहरुबाट ६५ हरोड रुपैयाँ हाराहारी रकम गोरखा मिडिया नेटवर्क प्रालीमा गैह्र कानुनी ढंगबाट गएको तर सो रकम गोरखा मिडियामा आउने प्रक्रियामा रवि लामिछाने संलग्नता पुष्टी हुने कुनै प्रमाण नभेटिएको उल्लेख छ ।

सहकारीको रकम नेटवर्कमा आइसकेपछि भने त्यस कम्पनीको प्रबन्ध निर्देशकको रुपमा परिचालन र खर्च प्रक्रियामा रवि लामिछाने संलग्न रहेको भन्दै प्रतिवेदनमा टेलिभिजनका सञ्चालकहरुलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको छ ।

प्रतिवेदनको कार्यदिशा चारमा समितिको निष्कर्ष खण्डमा तेस्रो बुँदामा भनिएको छ, ‘गोरखा मिडिया नेटवर्क प्रा.लीका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेले सोधपुछका क्रममा सहकारीहरुबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा गितेन्द्रबाबु राईलाई थाहा हुने उल्लेख गर्नु भएको देखिन्छ । अर्को तत्कालिन सञ्चालक छबिलाल जोशीले रकम आएको सम्बन्धमा गितेन्द्रबाबु राई वा रवि लामिछानेलाई थाहा हुने उल्लेख गर्नु भएको छ ।

तर, उक्त समयका प्रा.लि.को आन्तरिक प्रशासन सञ्चालनमा आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाउनु भएको र सो समयमा निजले सम्पादन गरेका कामहरुको विवरणबाट समेत देखिन्छ । सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्कमा आउने प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टी हुने कुनै कागजात प्रमाण रहेको नभेटिएता पनि सो रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।’

प्रतिवेदनमा समितिले लामिछानेले सहकारीबाट रकम अपचलन गरेर ल्याउन भूमिका नभएको भन्दै कारबाही सिफारिस गरेको छ । शेयर सदस्यको हैसियतमा रहेको व्यक्ति उक्त रकमको परिचालनमा संलग्न रहेकै कारण जिम्मेवार रहनु पर्ने भन्दै समितिले प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा टिभीका अध्यक्ष राईसहित सबै सञ्चालकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ ।

 

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ प्रतिवेदनमा भनिएको छ ।

संसदमा प्रतिवेदन पेश भएपछि प्रतिक्रिया दिंदै रास्वपा सभापति लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको र सफाई पाएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित पोस्ट
  • विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    उज्यालो समाचार

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑