• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २४, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • २सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ३फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ४प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ५‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ६काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ७अण्डा अड्किएर एक जनाको मृत्यु
  • ८वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • ९केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १०बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १२दुर्गा प्रसाईं पक्राउ
  • १३बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • १४बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • १५प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

भक्तपुर महोत्सव आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन : कविदास


रामहरि चौलागाईं September 24, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन भएको बताएका छन् ।

मङ्गलबार नेपाल प्रेस सोसाइटीसँगको साक्षात्कार कार्यक्रमका बोल्दै अध्यक्ष श्रेष्ठले भने, “महोत्सव भक्तपुरको आर्थिक गतिविधि सशक्त बनाउने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने एउटा लाइफलाइन साबित हुनेछ, महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै भक्तपुरको व्यापारिक गतिशीलतालाई बलियो बनाउनु हो। ” अध्यक्ष श्रेष्ठले भने। उनले भक्तपुरजस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिएको सहरमा एउटा स्थायी प्रदर्शनी स्थलको खाँचो रहेको र यसले थप पर्यटक भित्र्याउन मद्दत गर्ने पनि बताए।

महोत्सवमा १५० भन्दा बढी स्टलहरू राखिने तयारी छ। यी स्टलहरूमा दैनिक उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडादेखि अन्य वस्त्र, हस्तकला, र स्थानीय उत्पादनहरू प्रदर्शन गरिनेछन्। साथै, महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, रोटेपिङ, डागन रेल, बोटिङ, मिक्की माउस, ट्र्याम्पोलिन लगायतका मनोरञ्जनात्मक खेलहरू पनि राखिएका छन्, जसले महोत्सवलाई परिवारका लागि आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ। यसका साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षणमध्येको एक हुनेछ। स्थानीय सांस्कृतिक कला र परम्परालाई प्रवर्द्धन गर्न महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत राखिने योजना छ। राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको नेतृत्वमा रहेको टोलीले पनि महोत्सवमा आफ्ना आविष्कारहरू प्रस्तुत गर्ने जनाइएको छ, जसले नव प्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

११ दिनसम्म चल्ने यो महोत्सवमा करिब २ लाख ५० हजार दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको छ। यसले महोत्सव अवधिभर करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ, जसले भक्तपुरको व्यापारिक गतिविधिमा ठूलो योगदान पुर्‍याउनेछ। महोत्सवले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप स्थापित गर्ने उद्देश्य राखेको छ।

सांस्कृतिक महत्त्वका साथै व्यापारिक रूपमा समेत महत्वपूर्ण रहेको यो महोत्सवले भक्तपुरलाई नेपालकै प्रमुख सांस्कृतिक र आर्थिक केन्द्रको रूपमा चिनाउने अपेक्षा गरिएको छ। अध्यक्ष श्रेष्ठले भक्तपुरमा प्रदर्शनी स्थलको आवश्यकता रहेकोमा जोड दिँदै यस्तो किसिमको महोत्सवहरूले आन्तरिक पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गरे। उनले यस महोत्सवले आन्तरिक पर्यटनलाई थप जीवन्त बनाउने विश्वास पनि व्यक्त गरे।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले दशैँको बेलामा मेला महोत्सव पैसा कमाउने भन्दा पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरि सबै सामान सर्वसुलभ मूल्यका साथै गुणस्तरमा पनि ध्यान दिनुपर्नेतर्फ जोड दिए।

भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापनमा असोज ९ गतेदेखि १९ गतेसम्म सल्लाघारी चौरमा महोत्सब आयोजना हुदैछ।

सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रोशन थापाले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    उज्यालो समाचार

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑