• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १४, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • २निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • ३सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ४विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • ५मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • ६घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • ७रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • ८युवराज सफल पक्राउ
  • ९ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • १०बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • ११रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • १२निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • १३बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • १४बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • १५आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सुर्यविनायकको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई तीव्रता दिने मन्त्री शाहीको प्रतिबद्धता


रामहरि चौलागाईं December 24, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सुर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई विशेष निर्णयमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले आगामी आर्थिक वर्षमा करिब १ अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रिय स्तरको उद्यान बनाउन गम्भीर प्रयत्न गर्ने बताए।

“आउँदो आर्थिक बर्षमा करिब १ अर्ब बजेट बिनियोजन गरेर अन्तरराष्ट्रिय स्तरको उद्यान बनाउन मेरो गम्भीर प्रयत्न रहनेछ। यो प्राणी उद्यानको मुलुकमा अर्को कुनै विकल्प छैन,” मन्त्री शाहीले भने। “त्यसैले यसको निर्माण कार्यलाई प्राथमिकता दिनु जरुरी छ।” उनले यस परियोजनालाई सफल बनाउन आफुले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राष्ट्रिय प्राणी उद्यानले मुलुकको पर्यटन विकासमा ठूलो योगदान दिने भएकाले यसलाई चाँडो पूरा गर्नुपर्ने बताए। “म बन मन्त्रीलाई अनुरोध गर्न चाहन्छु हामीले यो परियोजनालाई मेगा पोजेक्टको रुपमा लिएका छौं र हामीले यस प्राणी उद्यान यहाँ बनाउन सक्यौं भने संसारमा कुनैपनि देशमा राजधानीबाट यति नजिक यति आकर्षक र मनमोहक बिरलै पाउँछौ।” उनले यो परियोजनाले सुर्यविनायक क्षेत्रलाई मात्र नभई सम्पूर्ण देशलाई लाभ दिने समेत बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले आव २०७३÷०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको तर काम थालेको आठ वर्षपछि कार्यालयको भबन एउटा बनेको त्यसपछि थप काम हुन नसकेको उनले बताए । उनले सरकारले बनाउन नसके कोषले पनि दाताहरुबाट पुँजी सकलन गरेर भए पनि निर्माण पूरा गराउन तयार रहेको बताए । सरकारले ६० वर्षका लागि आफूहरुलाई लिजमा दिए पाँंचदेखि दस वर्षभित्रमा प्राणी उद्याणको सम्पूर्ण काम सकाइसक्ने दावी गरे ।
राष्ट्रिय प्राणी उद्यानका प्रमुख भुपेन्द्र यादवले सरकारको उदासिनताको कारण निर्माण कार्य अलपत्र भएकोले यसलाई छिटो अघि बढाउन स्थानीय सरकार र संघीय सरकारबीच सहकार्य गरि योजना अनुसार अगि बढ्नु आवश्यक रहेको बताए।
त्यसै कार्यक्रममा बोल्दै सुर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले भने , “यो परियोजना हामिले युवा अवस्थामा सुरु गर्यौ, हामी जेष्ठ नागरिक हुँदा देख्न पाउने कि नपाउने? यो अहिले ज्वलन्त समस्या भएको छ। ” उनले परियोजना शुरु भएको १ दशक बितिसक्दा पनि काम अगाडी नबढेकोले प्रति चिन्ता व्यक्त गर्दै सरकारले यस परियोजनालाई उच्च प्राथमिकता दिएर अगाडी बढाउनुपर्नेमा जोड दिए।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव केशव लुइँंटेलले गरेका थिए ।
वि.सं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य सुस्त गतिमा छ । भक्तपुरको सूर्यविनायकस्थित २४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उद्यान अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्रको रुपमा सुर्यविनायकलाई परिचित गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

    रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा

    युवराज सफल पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    उज्यालो समाचार

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑