• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २४, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • २सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ३फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ४प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ५‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ६काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ७अण्डा अड्किएर एक जनाको मृत्यु
  • ८वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • ९केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १०बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १२दुर्गा प्रसाईं पक्राउ
  • १३बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • १४बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • १५प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

रेडिंग नेपाली समाजको तेह्रौ महाधिवेशन २ मार्चमा,फेब्रवरी २३ तारिखसम्म सदस्यता लिन सकिने


सुबाश चौलागाईं February 15, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

रेडिड्ग,लण्डन। बेलायतमा रहेको रेडिंग नेपाली समाज अर्थात Greater Reading Nepalese Community Association को तेह्रौ महाअधिवेशन आगामी २ मार्च २०२५ मा हुनेभएको छ। यसै अबसरमा समाजका सल्लाहकारज्युहरु र कार्यसमितिको यही जनवरी १२ गते बसेको बिशेष बैठकले समाजका पुर्ब अध्यक्ष तथा सल्लाहकार कृष्ण न्यौपानेको अध्यक्षतामा एक निर्वाचन समिति पनी गठन गरेको छ।

निर्वाचन समिति सदस्यहरुमा समाजका पुर्ब अध्यक्ष मान गुरुंग र सल्लाहकारहरु राम गलामी र राजेन्द्र श्रेष्ठ रहनु भएको छ। समितिले आबस्यकता अनुसार अन्य आयुक्तहरु पनी मनोनयन गर्न सक्नेछ। यसै गरी सोही बैठकले बर्तमान कार्यसमिति बाट एक तीन सदस्यीय महाधिवेशन ब्यबस्थापन समिति पनी गठन गरेको छ। समितीमा ऊपाध्यक्ष सुरेश थापा संयोजक रहनु भएको छ भने सदस्यहरुमा सचिब भरत पौडेल र दुर्गा ढकाल रहनु भएको छ।

यसै बिच समाजका अघ्यक्ष भीमसेन खड्का र महासचिव ओमकार अधिकारीको रोहबरमा  जनवरी १९ मा बसेको निर्वाचन समितीको बैठकले समाजको सदस्यता अध्याबधी गर्नको लागी आगामी फेब्रुवरी २३ गतेसम्मको समय सीमा तोकिदिएको छ। जस अनुसार समाजको सदस्यता लिन चाहने रेडिंग बासीहरुमा सुचना जारी गरिएको छ। रेडिंग नेपाली समाजको आजीबन सदस्यता लिनको लागी प्रती व्यक्ति £५१ शुल्क निर्धारित गरिएको छ भने एऊटै ठेगानामा रहने दम्पत्ति को लागी भने जम्मा £६१ लाग्नेछ। यस भन्दा अगाडि समाजमा साधारण सदस्यताको पनी ब्यबस्था भए पनी GRNCA को परिबर्तित CIO मोडेलको बिधान बमोजीम अब ऊपरान्त एकै प्रसारकों आजीबन सदस्यताको मात्र ब्यबस्था गरिएको छ। समाज को आजीवन सदस्यता लिनको लागी रेडिंग नेपाली समाज को वेब साईट www.grnca.org मा गएर स्वयं आबेदन दिन तथा समाजको बैंक एकाऊन्टमा online payment गर्न सकिनेछ। साथै कार्यसमितिका कुनै पनी सदस्यलाई सम्पर्क गरी आबेदन फारम लिन पनी सकिनेछ।

यसै गरी निर्वाचन समितिको बैठकले तेह्रौ महा-अघिबेसन र नयां कार्यसमिति चयन गर्नको लागी एक समय तालिका पनी प्रकासित गरेको छ। जस अनुसार बर्तमान कार्यसमितिले आगामी फेब्रवरी २३ तारिखसम्म सदस्यता लिने महानुभावहरुको आजीबन सदस्यता अध्याबधी गरी सो नामावली निर्वाचन समितीलाई फेब्ररी २६ सम्ममा बुझाऊनु पर्ने छ। सो नामावली निर्वाचन समितीले फेब्रवरी २७ मा प्रकाशन गर्नेछ भने नामावली ऊपर दाबी बिरोध वा भुलचुक सच्वाऊन सोहीदिन बेलुका सम्म समय प्रदान गरिएको छ।

भोली पल्ट फेब्ररी २८ तारिख बिहान १० बजे सदस्यताको अन्तिम नामावली प्रकाशन गरिने छ भने सो नामावलीमा भएका सदस्यहरु मध्यबाट नयां कार्यसमितिमा बस्न ईच्छुक ट्रस्टी तथा पदाधिकारीहरुको लागी बिहान १० बजे देखी अपरान्ह १२ बजे भित्रमा ऊम्मेदबारी मनोनयन आब्हान गरिएको छ। निर्वाचन समितीले २५ सदस्यीय बोर्ड अफ ट्रस्टीज ( Board of Trustees) अथबा नयां कार्यसमिति गठन गर्नको लागी भरसक सर्बसम्मत चयन गर्ने प्रयास गर्ने छ भने कुनै पनी पदमा आबस्यक भन्दा बढी ऊम्मेदबार ईच्छुक भएको खण्डमा निर्वाचन गराऊनको लागी पनि तैयारी गर्नेछ।

यसै प्रयोजनको लागी मार्च १ तारिख शनिवार ऊम्मेदबारहरुले नाम फिर्ता लिनको लागी समय प्रदान गरिनेछ। शनिबार १ तारिख बेलुकासम्म सहमति को लागी अधिकतम प्रयास गरिनेछ भने सर्बसम्मत हुन नसकेको खण्डमा भोली पल्ट मार्च २ महा अधिवेशनमा ऊपस्थित आजीवन सदस्य हरुको मतदान (निर्वाचन) मार्फत नयां कार्यसमितिको घोषणा गरिनेछ।

रेडिंग नेपाली समाजको गठन २००१ सालमा भएको थियो भने २००८ सालना पहिलो पटक च्यारीटी कमिसनमा दर्ता भएको थियो। समाजको यस भन्दा अगाडी सात जना महानुभाव हरुले नेतृक्व गरिसक्नु भएको छ जस्मा संस्थापक अध्यक्ष डा सिबी गुरुंग ( २००१-२००५ ) देखी अर्जुन बस्नेत (२००५-२००९) महेश गुरुंग (२००९-२०१३) , कीर्तिबिलास पन्त (२०१३ -२०१५),मान गुरुंग ( २०१५-२०१७),कृष्ण न्यौपाने ( २०१७-२०१९) र टेक गुरुंग ( २०१९-२०२३) हुनुहुन्छ। बर्तमान अध्यक्ष भीमसेन खड्का समाजको आठौ अध्यक्ष (२०२३-२०२५ ) हुनुहुन्छ भने तेह्रौ महाधिवेशनले समाजको नबौं अध्यक्षको नेतृत्वमा नयां कार्यसमितिको चयन गर्नेछ।

Greater Reading Area भित्र करीब १०-१२ हजार नेपालीहरुको बसोबास भएको अनुमान गरिएको छ। जस्मा झण्डै ६०/७० प्रतिशत भूतपूर्व गोर्खा शैनिक परिबार रहेको अनुमान छ। नेपालको बिभिन्न भागबाट आएका नेपालीहरुको बसोबास रहेको रेडिंगमा बिभिन्न जातजाती र धर्मालम्बीहरुको आआफ्ना संघ संगठनहरु पनि रहेका छन् तर रेडिंग नेपाली समाज सबैको साझा संगठन रहंदै आएको छ। रेडिंग भित्र रहेका सबै स्थानीय नेपाली सघं संगठनका अध्यक्षहरु रेडिंग नेपाली समाजको पदेन सलाहकार रहने पनि प्रचलन रहि आएको छ। यसैगरी रेडिंग नेपाली समाजको हरेक कार्यसमितिमा पनि बिभिन्न जात जाती,धर्म र सम्पदायको समुचित प्रतिनिधित्व रहंदै आएको छ।

विदेशी भुमिमा रहेर पनी स्वदेशी चाडबाज , भाषा,कला र सस्कृतीको प्रबर्धन र संरक्षणमा रेडिंग नेपाली समाजले ऊल्लेखनिय कामहरु गर्दै आईरहेको छ। यसैगरी स्वदेश मा होस् वा बिदेशमा नेपाल र नेपाली हरुका अनपेक्षित पिडाहरुमा बेला बेलामा मलम पट्टी लगाऊन पनी समाज सदैब अग्रसर रहेको छ। रेडिंग नेपाली समाजले निकट भबिस्यमा नै सबैको साझा एक सामुदायिक भवन बनाऊने प्रयास गरिरहेकोछ जस्को लागी ग्रेटर रेडिंग एरियामा रहनुहुने सम्पूर्ण महानुभाव हरु लाई समाज संग हातेमालो गर्न पनी अनुरोध गरेको छ।

सम्बन्धित पोस्ट
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    उज्यालो समाचार

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑