तनहुँ, वैशाख १८ – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगर क्षेत्रमा तीव्र गतिमा सडक विस्तार कार्य भइरहेको छ।
विस्तार कार्यअन्तर्गत यहाँ मर्स्याङ्दी नदीको किनारलाई उचालेर सडक चौडाइको काम अघि बढाइएको छ। एकातर्फ ठूला चट्टान र अर्कोतर्फ नदी रहेकाले चुनौतीपूर्ण अवस्थामा निर्माण कार्य जारी रहेको छ। निर्माण कम्पनीले नदी किनारतर्फको भूभागलाई भरिई सतह माथि उठाउँदै डबल लेन सडक तयार गरिरहेको छ।
स्थानीय तहका अनुसार, सडक चौडाइसँगै यस क्षेत्रमा सवारी आवागमन थप सहज हुने छ भने पर्यटकीय दृष्टिले पनि क्षेत्रको महत्त्व बढ्ने अपेक्षा गरिएको छ।
यस क्षेत्रको सडक विस्तार कार्यले गण्डकी प्रदेशको यातायात पूर्वाधारमा महत्वपूर्ण योगदान दिने विज्ञहरूको भनाइ छ।
तस्बिर : कृष्ण न्यौपाने / रासस
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com