भक्तपुर- सरकारी सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी पुल बेचेको आरोपमा काभ्रेको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । वडाअध्यक्ष गौतमलाई आज अदालतबाट म्याद थप गराएर अनुसन्धान गर्ने तयारी भएको छ ।
गत असोजमा रोशी खोलमामा आएको बाढीले बगाएको फलामको पक्की पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा मनोमानी गरेर कबाडीलाई बिक्री गरेको आरोप वडाध्यक्षलाई हिजो सोमबार जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिनुभएको छ ।
कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले आफनो ढंगबाट बिक्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । खोलामा रहेको पुल काटेर कबाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीय र कबाडीवालाबीच केही विवाद भएको थियो । वडा अध्यक्षको निर्देशनमा सामान ढुवानी हुन् थालेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com