• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ २९, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • २कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • ३आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ४प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • ५विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ६अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • ७सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • ८घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ९रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • १०कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • ११‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • १२बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • १३सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
  • १४४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!
  • १५भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।
होमपेज /  अन्तर्राष्ट्रिय

“भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण! सुदूरका चार नाकामा हेल्थ डेस्क फेरि सक्रिय : किट थोरै, चाप धेरै”


उज्यालो समाचार June 12, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमा नाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन्। ‘कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पुर्याइ परीक्षण कार्य भइरहेको छ,’ जोशीले भने, ‘किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका छौँ।’

हाल जुलाघाटलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई १०० र गौरिफण्टा हेल्थ डेस्कलाई १५० किट उपलब्ध गराइएका छन्। सीमा नाकामा भारतबाट खेतीपातीका लागि फर्कनेहरूको सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारीले जानकारी दिए। उच्च शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमा नाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो। यही जेठ २१ गते गौरिफण्टा सीमा नाकाबाट भित्रिने यात्रुको कोरोना परीक्षणको कार्य सुरु गरिएको थियो भने जेठ २७ गतेदेखि थप तीनवटा सीमा नाकामा जाँचको व्यवस्था गरिएको छ। यही जेठ २१ देखि २८ गतेसम्म सीमानाका भएर फर्कने १६ जनाको एन्टिजेनको नतिजा पोजेटिभ आएको छ।

गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी विशाल भट्टले यात्रुको चापअनुसार किटको सङ्ख्या थोरै रहेको छ। ‘शङ्कास्पद बिरामीको कोरोना जाँच कार्य भइरहेको छ,’ उनले भने, ‘हेल्थ डेस्कमा पुनः कोरोना चेकजाँचको कार्य भएयता एन्टिजेनको नतिजा नेगेटिभ रहेको छ।’

सीमा नाकामा सञ्चालित डेस्कमा सातजना कर्मचारी कार्यरत रहेका छन्। रासस

सम्बन्धित पोस्ट
  • सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

    घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    उज्यालो समाचार

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑