भारतको अहमदाबादमा भएको एअर इन्डियाको जहाज दुर्घटनामा सिटमा एकजना व्यक्ति जीवितै भेटिएका छन्। एएनआईसँग अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले सीट ११ एमा रहेका व्यक्ति जीवित भेटिएको बताएका छन्।
अहिलेसम्म मृतकको आधिकारिक संख्या घोषणा गरिएको छैन। एयर इन्डियाको एआई १७१ कल साइन रहेको उक्त जहाजमा २४२ जना यात्रु थिए। विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।घाइतेको उपचार भइरहेको बताइएको छ।
टाटा समूहले अहमदाबाद प्लेन दुर्घटनामा परेका प्रत्येक व्यक्तिका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेको छ। घाइते सबैको औषधि खर्च बेहोर्ने जानकारी गराएको छ। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले उक्त जानकारी दिएका हुन्।अहमदाबाद जहाज दुर्घटनामा ६१ विदेशी नागरिक थिए। यात्रीहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती‚ ७ जना पोर्चुगिज र एकजना क्यानडाली नागरिक थिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com