भक्तपुर-कैलाली जिल्ला कारागारको थुनामा रहेका कैदीबन्दीको मृत्युबारे अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।कैलाली जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण जोशीको अध्यक्षतामा बुधबार छानबिन समिति गठन गरेको हो।
सोमबार डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिश सिंह पालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो।उनी बैङ्किङ कसुरमा दोषी ठहर भई कारागारमा चलान भएका थिए। कारागार चलान भएकै दिन असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा उनको मृत्यु थियो। कारागार चलान भएको दोस्रो दिनमै मृत्यु हुनु शङ्कास्पद रहेको भन्दै मृतक आफन्तले घटनाको छानबिन गर्न माग गर्दै आज दिनभर डडेल्धुरा बजार बन्द तथा राजमार्ग अवरुद्ध गरेका थिए । छानबिन समिति गठनपछि अवरुद्ध राजमार्ग सुचारु भइसकेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com