• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष १८, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • २नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • ३पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • ४राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • ५आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • ६भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • ७भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • ८हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति
  • ९लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ
  • १०चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • ११देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • १२अब २ दिनभित्रै राहदानी
  • १३निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • १४रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • १५भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाइने! – अदालतको स्पष्ट आदेश ।


उज्यालो समाचार June 19, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर–उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।बिहीबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र टीकाराम आचार्यले पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू/ नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट मिति २०८२/०३/०२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। आदेशको जानकारी विपक्षीहरूलाई दिनू,’ आदेशमा भनिएको छ।

अर्थात अब प्रहरीले उनलाई यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पक्राउ गर्नसक्ने छैन।अदालतमा पाठकले पत्रकारको परिचयपत्र पेस गरेका थिए। त्यसअनुसार उनी लामो समयदेखि पत्रकारिता गर्दै आएकोबारे अदालतले तथ्यको रूपमा स्वीकार गरेको छ।‘… इन्टरफेस नेपाल नेटवर्क कम्पनीको रूपमा दर्ता भएको ट्रेडमार्क दर्ता प्रमाणपत्र समेत लिएको तथा सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चार माध्यमको रूपमा समेत दर्ता भई अनुमति लिएको देखिन्छ,’ आदेशमा भनिएको छ।

त्यस्तै, पत्रकारले सम्प्रेषण गरेका सामग्रीबारे कुनै उजुरी भए काउन्सिलमार्फत् छानबिन र कारबाही हुनसक्ने पनि उल्लेख गरेको छ।‘प्रेस काउन्सिल ऐन २०४८ मा स्वस्थ पत्रकारिताको विकासका लागि प्रेस काउन्सिलको व्यवस्था भई समग्र पत्रकारिता क्षेत्रको नियमनकारी निकायका रूपमा सो काउन्सिल क्रियाशील रहेको अवस्था छ,’ आदेशमा भनिएको छ, ‘उक्त ऐनको दफा १२ मा भएको व्यवस्था तथा ऐन अनुसार लागु भएको पत्रकार आचार संहिता २०७३ को व्यवस्था अनुसार सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले उक्त काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भई त्यस्तो उजुरी उपर काउन्सिलबाट छानबिन र कारबाही हुनसक्ने अवस्था रहेको देखिन्छ।’

यसकारण उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै आदेश गरेको हो।असार २ गते पत्रकार पाठकले दायर गरेको निवेदनमाथि उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले भनेको थियो, ‘निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

अदालतले बिहीबारका लागि दुबै पक्षलाई छलफलमा समेत बोलाएको थियो।यसरी आदेश गरेपछि साइबर ब्युरोले पत्रकार पाठकविरूद्ध असार ३ गते सूचना जारी गरेको थियो। ब्युरोले पक्राउ पुर्जी जारी भएको भन्दै आफै उपस्थित हुन आउन भन्दै सूचना जारी गरेको थियो।पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

सम्बन्धित पोस्ट
  • सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।

    पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।

    आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।

    भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    उज्यालो समाचार

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।

    पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।

    आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑