• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक २६, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।
  • २जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • ३काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ४ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ५नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • ६एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • ७पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • ८बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • ९गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • १०बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • ११मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।
  • १२राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • १३सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • १४आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • १५जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाइने! – अदालतको स्पष्ट आदेश ।


उज्यालो समाचार June 19, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर–उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।बिहीबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र टीकाराम आचार्यले पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू/ नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट मिति २०८२/०३/०२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। आदेशको जानकारी विपक्षीहरूलाई दिनू,’ आदेशमा भनिएको छ।

अर्थात अब प्रहरीले उनलाई यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पक्राउ गर्नसक्ने छैन।अदालतमा पाठकले पत्रकारको परिचयपत्र पेस गरेका थिए। त्यसअनुसार उनी लामो समयदेखि पत्रकारिता गर्दै आएकोबारे अदालतले तथ्यको रूपमा स्वीकार गरेको छ।‘… इन्टरफेस नेपाल नेटवर्क कम्पनीको रूपमा दर्ता भएको ट्रेडमार्क दर्ता प्रमाणपत्र समेत लिएको तथा सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चार माध्यमको रूपमा समेत दर्ता भई अनुमति लिएको देखिन्छ,’ आदेशमा भनिएको छ।

त्यस्तै, पत्रकारले सम्प्रेषण गरेका सामग्रीबारे कुनै उजुरी भए काउन्सिलमार्फत् छानबिन र कारबाही हुनसक्ने पनि उल्लेख गरेको छ।‘प्रेस काउन्सिल ऐन २०४८ मा स्वस्थ पत्रकारिताको विकासका लागि प्रेस काउन्सिलको व्यवस्था भई समग्र पत्रकारिता क्षेत्रको नियमनकारी निकायका रूपमा सो काउन्सिल क्रियाशील रहेको अवस्था छ,’ आदेशमा भनिएको छ, ‘उक्त ऐनको दफा १२ मा भएको व्यवस्था तथा ऐन अनुसार लागु भएको पत्रकार आचार संहिता २०७३ को व्यवस्था अनुसार सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले उक्त काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भई त्यस्तो उजुरी उपर काउन्सिलबाट छानबिन र कारबाही हुनसक्ने अवस्था रहेको देखिन्छ।’

यसकारण उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै आदेश गरेको हो।असार २ गते पत्रकार पाठकले दायर गरेको निवेदनमाथि उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले भनेको थियो, ‘निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

अदालतले बिहीबारका लागि दुबै पक्षलाई छलफलमा समेत बोलाएको थियो।यसरी आदेश गरेपछि साइबर ब्युरोले पत्रकार पाठकविरूद्ध असार ३ गते सूचना जारी गरेको थियो। ब्युरोले पक्राउ पुर्जी जारी भएको भन्दै आफै उपस्थित हुन आउन भन्दै सूचना जारी गरेको थियो।पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

सम्बन्धित पोस्ट
  • भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।
  • जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑