राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रम राखिएको थियो।
रास्वपाले सदन सुरू भएलगत्तै कुर्सीबाट उठेर विरोध जनाएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले प्रश्नउत्तर कार्यक्रमलाई ‘विशेष कारण’ भन्दै कार्यसूचीबाट हटाएका थिए।त्यसपछि सभामुख घिमिरेले सांसद अमरेशकुमार सिंहलाई बोल्न अनुमति दिएपछि रास्वपा र राप्रपाले सदन छाडेर हिँडेका हुन्। रास्वपाका सांसदहरू कालो पोशाक र निलो स्कार्फसहित प्रतिनिधि सभा बैठकमा पुगेका थिए।
बहिष्कार गरेर निस्किएका उनीहरू बाहिर आएर आफ्ना धारणा राखिरहेका छन्।भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com