• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ २९, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • २कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • ३आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ४प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • ५विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ६अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • ७सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • ८घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ९रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • १०कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • ११‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • १२बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • १३सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
  • १४४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!
  • १५भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।
होमपेज /  समाचार

विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।


उज्यालो समाचार June 23, 2025 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्रै पारित गरेर प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको छ। सभापति अम्मरबहादुर थापाले विधेयकमाथि छलफलका लागि समिति अन्तर्गतको परामर्श तथा समन्वय उपसमितिलाई क्रियाशील बनाएका छन्। जसमा समितिमा रहेका सबै दलका मुख्य मुख्य सांसद सदस्य छन्। विधेयक टुङ्गो लगाउन कानुन मन्त्रलाय र शिक्षा मन्त्रालयका प्रतिनिधिलाई समेत सहभागी गराएर अनौपचारिक छलफल तीव्र पारिएको छ।

समितिमा रहेका एक सांसदले आउँदो १४ गतेभित्रै प्रतिनिधि सभामा विधेयक पेस गर्ने गरी छलफल अघि बढेको जानकारी दिए।‘मिलाउने अन्तिम चरणमा पुगको छ,’ एक सांसदले सेतोपाटीसँग भने, ‘समितिले मन्त्रीसहित छलफल गरेको छ। छविलाल विश्वकर्मालाई अन्तिम मस्यौदा तयारीको जिम्मा दिइएको छ। एक दुई दिनमा सबै विषय टुङ्गिन्छ।’

सरकार र शिक्षकहरूबीच असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकार र संसदले विधेयक निर्माणको काम तीव्र पारेको हो।केही संशोधन गर्ने विषय बाँकी भयो भने राष्ट्रिय सभामा पनि संशोधन हुन सक्छ,’ ती सांसदले भने, ‘हाम्रो तर्फबाट १४ गतेभित्र काम सकौँ भन्ने समझदारी सांसदहरूको बीचमा छ।’

नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले भने विधेयकका केही विषय टुङ्गो लाग्न बाँकी रहको बताए।‘छलफल चलेको छ। सरकार प्रारम्भिक बाल विकास शिक्षा (इसिडी) लाई दुई वर्ष बनाउन र त्यसलाई विद्यालय शिक्षाका रूपमा स्वीकार गर्न तयार भइसकेको छैन,’ पौडेलले भने, ‘शिक्षक महासंघ इसिडीलाई २ वर्षीय बनाउनुपर्ने र ० देखि १२ कक्षासम्मलाई विद्यालय शिक्षामा राखौँ भनिराखेको छ।’

उनले माओवादी केन्द्र पनि दुई वर्षको इसिडी राख्नुपर्ने पक्षमा रहेको बताए। पौडेलले उपसमितिबाट हटाउने निर्णय भइसकेको जिल्ला शिक्षा कार्यालयलाई सरकारले ब्यूँताउन प्रस्ताव गरेको उल्लेख गरे।

‘जिल्ला शिक्षा कार्यालय नराखौँ भनेर हामीले उपसमितिबाट भन्यौँ। सरकारले राखौँ भनेको छ,’ पौडेलले भने, ‘राख्ने भए हामीले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई दिऔँ भनेका छौँ। प्रदेश, स्थानीय तहको अधिकार स्पष्ट गरेर जानुपर्ने हाम्रो धारणा छ।

उपसमितिले कक्षा दशमा लिने माध्यमिक शिक्षा परीक्षा हटाउन प्रस्ताव गरेको थियो। तर सरकारले प्रदेशस्तरमा परीक्षा लिने गरी एसइई ब्यूँताउन प्रस्ताव गरेको छ।‘एसइईको अधिकार प्रदेशलाई दिए हुन्छ भन्ने तर्क पनि उठेको छ।

हामीले सिकाइको जाँच लिन केन्द्रमा बोर्ड नबनाऔँ। प्रदेशलाई दिँदा हुन्छ भनेका छौँ,’ पौडेलले भने, ‘जिल्ला शिक्षा कार्यालय र शिक्षक सरूवाको अधिकार प्रदेशलाई दिऔँ भनेका छौँ। केन्द्रलाई पाठ्यक्रम सुधार, भौतिक पूर्वाधार सुधारको जिम्मा दिऔँ। तीन तहको काम स्पष्ट पारौँ भनेका छौँ।’ शिक्षा मन्त्री रघुजी पन्तले भने समिति शिक्षकहरूको माग सम्बोधनमा केही लचिलो ढंगले प्रस्तुत भए विधेयक अघि बढ्ने बताउँछन्।

सम्बन्धित पोस्ट
  • सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

    घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    उज्यालो समाचार

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑