राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको दाबी गर्दै सर्वोच्च अदालत पुगेका डा. मुकुल ढकालले दायर गरेको रिटमा अब अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले आगामी असार १७ गतेका लागि छलफल मिति तोकेको हो। अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका अनुसार, सो मितिमा दुवै पक्षलाई उपस्थित गराई बहस गरिनेछ।
डा. ढकालले आफू रास्वपाको विधिसम्मत महामन्त्री रहेको दाबी गर्दै असार ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले पार्टी नेतृत्वले गरेको कारबाही कानुनी रूपमा अमान्य भएको र निर्वाचन आयोगले समेत अझै आफ्नो नामलाई महामन्त्रीको रूपमा कायमै राखेको जनाउँदै रिट दायर गरेका हुन्।गएको हप्ता निर्वाचन आयोगले ढकाललाई रास्वपाको महामन्त्रीकै रूपमा सूचीबद्ध विवरण उपलब्ध गराएको थियो। आयोगमा पार्टीको नयाँ निर्णय अद्यावधिक
नभएको देखिन्छ।
रास्वपाले ढकाललाई कारबाही गरे पनि सो निर्णय आयोगमा आधिकारिक रूपमा दर्ता नगराइएको जनाइएको छ।
यो मुद्दाले रास्वपाभित्रको आन्तरिक विवाद पुनः सतहमा ल्याएको छ भने आगामी दिनमा अदालतको निर्णयले यसबारे ठोस दिशा दिने अपेक्षा गरिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com