भक्तपुर – निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु भएको छ । काठमाण्डौको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिनुभयो ।
हिजो साझ ५ बजेको समयमा दरबारमार्गमा रहेको हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको नौ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका हुन् । लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुँईमा खसेका थिए । तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा उपचारका क्रममा दुवैजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com