भक्तपुर – छाउगोठमा सुतेकी महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला नेपालीको (आउजी) सर्पले डसेर ज्यान गएको छ । बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने सुत्न गएका बेला उहाँलाई गएराति १२ बजेको समयमा सर्पले डसेको थियो । तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुयाइएको थियो ।
अस्पतालमा उपचारका क्रममा कमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकरी दिनुभयो । महिनावारी भएको समयमा घरको आँगनमै रहेको छाउगोठमा सुत्न गएका बेला उहाँलाई गएराति १२ बजेको समयमा सर्पले डसेको थियो । कमलाका तीन स–साना बालबालिका छन् । उहाँका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । बस्नका कुरीतिजन्य अमानवीय छाउ प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने महिला अधिकारकर्मीको माग छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com