भक्तपुर – रुसको ५० जना बोकेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । रुसको अमुर क्षेत्रको पूर्वी भागमा हराएको विमान टिण्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको छ ।
घटनास्थलबाट प्राप्त फुटेजमा विमानको भग्नावशेष घना जंगलमा जलिरहेको देखिएको बताईएको छ । उक्त विमान दुर्घटनामा कोही पनि जीवित नभएको अनुमान गरिएको छ । उद्धारकर्ताहरूले जहाज दुर्घटनास्थलमा जिवित मानिस भेटिने सम्भावना नरहेको बताएका छन् ।
अंगारा एयरलाइन्सको एएन–२४ विमानमा चालक दलका ६ जना सदस्यसहित ५० जना सवार थिए । जसमध्ये पाँच जना बच्चा थिए । विमान चीनको सीमा नजिक ब्लागोवेशचेङ्कबाट उडेको थियो । आफ्नो गन्तव्यभन्दा १६ किमी पर रहँदा विमान बेपत्ता भएको थियो । विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com