भक्तपुर – अमेरिकामा पाँच सय १५ माइलसम्म फैलिएको चट्याङ प्रकाशले कीर्तिमान बनाएको बीबीसीले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो ।
भने अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको छ । यसले यसअघिको कीर्तिमानलाई ५० माइलभन्दा धेरैले तोडेको हो ।
सङ्गठनको अमेरिका, ब्राजिल, जर्मनी, स्पेन, नेपाल, इजरायलमा रहेका विज्ञहरूको ११ सदस्यीय समितिले नयाँ कीर्तिमान प्रमाणित गरेको छ । संयुक्त राष्ट्रसङ्घको मौसम मामिला निकाय (डब्ल्यूएमओ) का अनुसार सन् २०१७ को अक्टोबर २२ को लामो विशाल चट्याङले महाकाय विद्युतीय शक्ति उत्पन्न गरेको थियो ।
यो चट्याङ परेको क्षेत्रलाई पार गर्न सामान्यतया एउटा कारलाई झन्डै आठदेखि नौ घण्टा र हवाईजहाजलाई झन्डै ९० मिनेटको समय लाग्ने खबरमा उल्लेख छ । यसअघि सन् २०२० अप्रिल २९ मा मिसिसिपी र टेक्सासको बीचमा सात सय ६८ किलोमिटर अर्थात् चार सय ७७ माइल लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com