भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मा जुवातास खेली रहेको बेला प्रहरीले छापा मार्दा चार जनालाई पक्राउ गरेको छ । खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलेको आरोपमा मध्यपुर थिमी नगरपालिका–५ का ३७ वर्षीय बाबुराजा प्रजापति सहित चार जना पक्राउ परेका हुन् ।
उनीहरुलाई सोमबार दिउँसो जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल तास खेलाउन प्रयोग हुने जस्तो देखिने मोबाइल आकारमा रहेको डिभाइस थान १, डिजिटल तास खेलाउने डिभाइसमा प्रयोग हुने डिजिटल तास १२ बुक र मोबाइल ६ थान बरामद भएको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com