बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएका तीर्थयात्री बिप्लब ओझाको उद्धार हुन सकेका छैन । बडिमालिका दर्शन गरेर फर्किने क्रममा लडेर मृत्यु भएका ओझाको मौसम प्रतिकुलताका कारण उद्दार हुन नसकेको हो ।पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लबको हेलिकप्टर मार्फत उद्धार गर्न खोजिएको थियो । तर मौसम प्रतिकुलताका कारण अझै उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिकामा हुने आपत्कालीन उद्धार सेवाका लागि नेपाली सेनाको हेलिकप्टर भने २ दिन देखि सदरमुकाम मार्तडी स्थित ईश्वरी बक्स गुल्ममा तयारी अवस्थामा राखिएको छ ।
गोकणश्वर–५ काठमाडौँका ओझा भिरबाट निकै तल करिब ७ सय मिटर खोचमा भएकाले उद्धार गर्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताए । प्रहरी उद्धारका लागि प्रयास गरिरहेको छ । निकै अफ्ठयारो बाटो र मौसम खराब भएकाले उद्धार हुन नसकेको हवारिको भनाइ छ ।ओझाको बिहीबार राति नै बडिमालिका दर्शन गरेर फर्केका बेला लडेर मृत्यु भएको थियो । बडिमालिका मन्दिर बाट १ घण्टाको दुरीमा तल झर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सँग परिवारकै ५ जनाको टिम रहेको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com