बडीमालिकाको दर्शन गरी नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ को विष्णुपानी नजिकै शुक्रबार दिउँसो भिरबाट लडेर थप एक तीर्थयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार, घोडासैनी भिरबाट लडेर घाइते भएका थिए र उपचारको क्रममा साँझ निधन भएको हो।
उक्तै ठाउँमा बिहीवार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा सात सय मिटर तल खोँचमा खसेर मृत्यु भएका थिए।तीर्थयात्रा गर्नेहरूको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई थप सतर्क हुनुपर्ने आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com