भक्तपुर-कैदीबिच झडप हुदाँ एक जनाको मृत्यु भएपछि धनगढीस्थित कैलाली कारागार तनावग्रस्त बनेको छ । शुक्रबार मध्यराति दुई पक्षबिच झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका –४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना कैदी घाइते भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । घाइते कैदीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई जना गम्भीर घाइतेलाई आइसियू र बाँकीलाई कोरोनाकालमा बनाइएको सेतीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ ।
अस्पतालमा घाइते कैदीका आफन्त र पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ । अस्पताल परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी, राति झडप भएको कारागार तनावग्रस्त छ । कारागारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । डेढसय क्षमताको कैलाली कारागारमा सात सयभन्दा बढी कैदी राखिएका छन् । कैदी स्थानान्तरणको विषयलाई लिएर कारागारमा पटक पटक कैदीबिच झडप भइरहेको छ । बिहीबार पनि कैदीबिच झडप भएको थियो । त्यसक्रममा छ जना घाइते भएका थिए । कारागार प्रमुख वसन्त खत्री भने बिदामा बस्नु भएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com