भक्तपुर – काठमाडौँको बूढानिलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार गएराति करिब ८ बजे बूढानिलकण्ठ– नगरपालिका ७ स्पेसल चोकमा गएराति मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र मधेश प्रदेश ०२–००२ प ५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटना भएको स्कुटरमा दुई र मोटरसाइकलमा तीन जना चढेका प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com