भक्तपुर – रौतहटको सडक छेउमा फेला परेको बन्द सुटकेसभित्र एक महिलाको शव भेटिएको छ । रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइती भएकी २६ वर्षीया रुवी शाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिनुभयो ।
सडक किनारमा स्थानीयले शंकास्पद सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खोल्दा भित्र अन्दाजी २६ वर्षीया रुवी शाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिनुभयो । शाहको घर भारतको मुजफ्फरपुर रहेको प्रारम्भिक विवरण प्राप्त भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक शाह एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएको खुलेको छ ।
शव भेटिएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रारम्भिक अनुमान अनुसार घटनामा आपराधिक गतिविधि संलग्न हुन सक्ने देखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गएराति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ । मृतक महिलाको सनाखत भने अहिलेसम्म खुलेको छैन। यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले सत्यतथ्य बाहिर ल्याउन थप अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com