भक्तपुर – दुर्घटनाको जोखिम बढ्दै गएपछि बिपी राजमार्गमा भदौको मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको हिजोको बैठकले थप १५ दिन गाडी चलाउन रोक लगाएको हो ।
यसअघि गएको असार ७ गतेदेखि राति गाडी चलाउन रोक लगाइँदै आएकोमा भदौ मसान्तसम्म राति १२ घण्टा गाडी चलाउन रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । बिपी राजमार्गमा हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाइने छ ।
बारम्बार हुने दुर्घटना र सडक स्तरोन्नतिको कामका कारण रातिको समयमा सवारी गुडाउन रोक लगाइएको अधिकारीहरूले बताएका छन्। अत्यावश्यक सेवा, एम्बुलेन्स र सुरक्षा निकायका गाडी भने यस निर्णयबाट मुक्त रहने जनाइएको छ । प्रहरीले रातिको समयमा यात्रामा ननिस्कन नागरिकलाई आग्रह गर्दै विहान र दिउँसोको समयमा मात्र यात्रा गर्न सुझाव दिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com