भक्तपुर-दशैँ नजिकिँदै जाँदा पनि देशैभरको लामो दूरीको यातायात सेवा ठप्प भएको छ । जेनजी आन्दोलनपछि यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ । अस्ति मङ्गलवारदेखि नै यातायात क्षेत्र ठप्प भएको हो ।
यात्रुहरूलाई सहज यात्राको लागि अग्रिम टिकट बुकिङ खुल्ने समय नजिकिँदा पनि अझैसम्म कुनै सुरसार भएको छैन। यसवर्ष असोज १६ दशैँको टीका छ । असोज ६ गते घटस्थापनाअघि घर पुग्ने योजना बनाएका यात्रु बाटोमै अलपत्र छन् । यातायात व्यवसायीले गाडी चलाउनका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।
यसका लागि सम्बन्धित निकायले सुरक्षित वातावरण तयार गनुपर्ने गाडी सञ्चालकहरुको भनाइ छ । गाडी नचल्दा यात्रुसँगै यातायात व्यवासायी र मजदुर समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले भने चाँडै सबै पक्षसँग छलफल गरेर टिकट बुकिङ खुल्ने जानकारी दिने तयारी भइरहेको जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com