भक्तपुर – काठमाण्डौ उपत्यकाको तीन जिल्लामा निषेधाज्ञा तथा कफ्र्युलाई निरन्तरता दिएको छ । अत्यावश्यक कामको लागि आवतजावत गर्न बिहान पाँच घण्टा र बेलुकी दुई घण्टाको समय निर्धारण गरिएको छ । नेपाली सेनाले जनधनको सुरक्षाका लागि भन्दै बिहान पाँच घण्टा र बेलुकी दुई घण्टा समय निर्धारण गरिएको छ ।
अत्यावश्यक कामको लागि आवतजावत गर्न आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी पाँच बजेदेखि सात बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निषेधाज्ञा तथा कफ्र्युको दौरान समेत अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने गाडीहरू सञ्चालन गर्न सकिनेछ ।
विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com