• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ११, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • २मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ३सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ४डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ५पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ६‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ७देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ८(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ९सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १०सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ११रेशम चौधरीको उम्मेदवारी खारेज
  • १२डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १३सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • १४उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १५सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।


उज्यालो समाचार September 13, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । निडर र कुशल न्यायमूर्तिका रूपमा चर्चित नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ ।

जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धनलाई सत्ताच्युत गरेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई प्राप्त गरेको हो । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति पौडेल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, जेनजी अभियानका प्रतिनिधिलगायत सरोकारवालासँगको संवादपछि देशले नयाँ प्रधानमन्त्री पाएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनले देश तहसनहस भएलगत्तै राष्ट्रपति पौडेल र नेपाली सेनाको समन्वयमा निरन्तर संवाद भएको थियो । भदौ २५ र २६ गते राष्ट्रपति पौडेल, प्रधान सेनापति सिग्देल र जेनजीका प्रतिनिधिबिच संवाद भएको थियो । राष्ट्रपति पौडेलले पनि बिहीबार संविधानविद्सँग छुट्टै संवाद गर्नुभएको थियो ।

निरन्तर संवाद हुँदा पनि जेनजी अभियन्ता अलग अलग समूहमा विभाजित भएर आन्दोलनको स्वामित्व लिन खोजेपछि देशमा प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ भएको थियो तर जेनजी आन्दोलनको अगुवाइ गर्ने समूहसँग प्रधान सेनापति सिग्देलले बुधबार, बिहीबार र शुक्रबार गम्भीर विमर्श गरेपछि जेनजीद्वारा प्रस्ताव पूर्वप्रधान न्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त प्रधानमन्त्री कार्की शुक्रबार शपथग्रहण गर्दै गर्दा सामान्य पोसाकमा उपस्थित हुनुभयो । राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित उच्च पदाधिकारी उपस्थित लहरसामु शपथग्रहण गर्दा उहाँको सादगीपूर्ण जीवनशैली आउने पुस्ताका लागि पनि प्रेरणादायी थियो ।

राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै आफू र देशलाई सफल बनाउन आग्रह गर्नुभयो । उहाँलाई बधाई दिन जेनजी अभियन्ता राष्ट्रपति भवन शीतल निवास पुग्नुभयो । उहाँहरूले प्रधानमन्त्री कार्कीले देशलाई निकास दिने भरोसा र विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑