• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ११, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • २मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ३सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ४डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ५पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ६‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ७देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ८(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ९सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १०सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ११रेशम चौधरीको उम्मेदवारी खारेज
  • १२डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १३सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • १४उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १५सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”


उज्यालो समाचार September 13, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि पनि कारागार फर्किने भएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका छन् ।लामिछानेले फेसबुकमा लेखेका छन्, ’संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।’

तर उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरेको दाबी गरेका छन् । उनले अगाडि भनेका छन्, ’आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु। ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथि नै छोड्न चाहन्छु।

यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन।’सहकारी ठगी आरोपमा लामिछाने नख्खु कारागारमा रहँदै आएपनि जेनजी आन्दोलनका क्रममा अनियन्त्रित भिडको सहयोगमा उनी रिहा भएका थिए । तर रिहाइको चौतर्फी आलोचना भएसँगै उनी फेरि कारागार नै फर्किन लागेको बताइएको छ ।

रवि लामिछानेले फेसबुकमा राखेको धारणा
नमस्कार। म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन ।आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ।

र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदैछु। पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।

ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथी नै छोड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन। बाँकी रह्यो मलाई केहि दिन अघि कारागारबाट निकालिएको विषयको विवाद ।

त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो। अहिले चिठि नै वैधानिक छैन भनेको सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनलेले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न। मैले कालकुट विष पिएको धेरै भइसक्यो। अर्को एक दुई थोपो बीष पिएर म मर्दिन ।

मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो।कत्रा कत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन,मै जिम्मा लिन्छु। तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला । त्यो पनि भइगो मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ? यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्,मेषमा मिजबानी खाइरहेका छन्।

म जनताको भीडबाट निस्किएपछि एक्लै छु। एउटा पुलिस पनि मसँग छैन।
मेरो बदनाम गराउन तल्लिन पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ?
आफ्नै पार्टी परिवारभित्र का साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन ।रास्पा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु।

तर पार्टी त बन्छ बन्छ।बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ।

मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै ।अब भोलिको कुरा गरौं। देशको कुरा गरौं।
म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ ।यसमा म कुनै हालतमा सम्झौता गर्दिन। अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन,बन्न सक्दैनथ्यो। अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भएपनि यो अब देशको वास्तविकता हो। यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ ।

एउटा कुरा नबिर्सौँ। करिला बच्चाहरुलाई ताकी ताकी गोली हानेर मारिएको छ । त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ताकी ध्वस्त बनाइएको छ।त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ। बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरू मा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ। सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सवै शक्ती र सामर्थ्य प्रदान गर्ने वचन का साथ मेरा केहि माग पनि छन् ।

१ ) २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ।
२ ) देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ।
३)कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्वा देखि न्यायाधिस सम्मले फेरी जांच दिनुपर्छ ।
४) सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ ५ ) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ।

मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलगअलग टाउकाहरु हुन्। रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ। यी चिजहरू हुन सकेन भने जनताको आन्दोलन माथी विश्वासघात हुन्छ।

मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ। त्यसकालागि हामी जनस्तर बाट दवाव बढाएर सरकारलाई सहयोग गर्ने छौ । नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना। म,यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु। मैले केही योगदान दिनुपर्यो भने म यही नखु कारागारमै छु।

भेट्न आउनुहोला । पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ।पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन। उनीहरुले जति जाने त्यति गरे।इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरुले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ । स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ । सके एक्लै, नसके सबै नयाँहरू मिलेर । देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु। नमस्कार।

सम्बन्धित पोस्ट
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑