भक्तपुर -आज प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनाल; ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।
अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँ अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिश आयोगका अध्यक्ष हुनुहुन्थ्यो । आयोगले केही महिनाअघि सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।
यस्तै इन्जिनियर रहनुभएका कुलमान घिसिङलाई केही महिनाअघि केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङलाई निकै लोकप्रिय मानिन्छ । ओमप्रकाश अर्याल कानून व्यवसायी हुनुहुन्छ । उहाँले भ्रष्टाचार विरोधी अभियानकर्मीको छवि बनाउनुभएको छ । उहाँ यसअघि काठमाण्डौ महानगरका कानूनी सल्लाहकार हुनुहुन्थ्यो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com