भक्तपुर -‘ म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश’ भन्दै जलेको सिंहदरबार बनाउन अर्घाखाँचीका किसान तुलसीरामले एक लाख रुपैयाँ सहयोग गरेका छन् । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–२ का किसान अधिकारीले सिंहदरबार बनाउन सहयोग कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गर्नुभएको हो ।
आफूले व्यावसायिक खेतीबाट कमाएको आम्दानी कोषमा जम्मा गरेको उहाँले बताउनुभयो । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसैगरी प्राप्त सहयोगबाट अबको पुनर्निर्माणमा टेवा पुग्ने बताउनुभयो ।
रकम जम्मापछि किसान अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा मुख्य प्रशासनिक निकाय सिंहदरबारसहित अन्य धेरै महत्त्वपूर्ण निकायको भवन तथा संरचना आगजनीबाट क्षति भएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com