• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ११, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • २मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ३सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ४डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ५पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ६‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ७देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ८(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ९सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १०सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ११रेशम चौधरीको उम्मेदवारी खारेज
  • १२डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १३सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • १४उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १५सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

“नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”


उज्यालो समाचार September 19, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

तिर्थ नेपालि
काठमाण्डौ
नेपालमै जन्मियो, नेपालमै हुर्कियो, यही माटोले हामीलाई परिचय दिलायो। यही माटोले परिवर्तनका लागि सडकदेखि संसदसम्म खबरदारी गर्न सिकायो। दशकौँको संघर्षपछि हाम्रो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। २०६२–६३ कोजनआन्दोलनको आधारमा गठन भएको संविधानसभाले २०६५ जेठ १५ गते मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।

गणतन्त्र स्थापना गर्न लागिएको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हाम्रो सदैव सम्मान र श्रद्धा कायम छ। उनीहरूको बलिदानबिनाको लोकतन्त्र अधुरो रहन्थ्यो।

राष्ट्र भएमा मात्रै नागरिक रहन्छ। तर राज्यका अभिभावकहरूले शोषण, उत्पीडन र दमन निरन्तर गर्दै आएका छन्। संघीय लोकतान्त्रिक शासन प्रणाली भए पनि नेपाली जनताले आफ्नो श्रम र बुद्धिमत्ताबाट उचित न्याय पाएको प्रमाण सीमित छ। नागरिकताको नाममा मात्र अधिकार सुनिश्चित हुँदा, व्यक्तिले स्वतन्त्र रूपमा विचार व्यक्त गर्न नपाएमा प्रणालीको कमजोरी प्रष्ट देखिन्छ।

नागरिकताको महत्व प्रशासनिक काममा मात्र सीमित छैन; यो आत्मसम्मान, समान अधिकार र राष्ट्रिय जिम्मेवारीसँग प्रत्यक्ष जोडिन्छ। राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता कागजातहरूले नागरिकलाई अधिकारको वास्तविक अनुभूति दिलाउँछन्। त्यसैले राष्ट्रिय परिचयपत्रको आवश्यकता र यसको दीर्घकालीन उपयोगबारे जनचेतना फैलाउनु आजको आवश्यकता हो।

पछिल्ला ३० वर्षमा सत्तासीन दलहरू, जस्तै नेपाली कांग्रेस र नेकपा एमाले, सत्ताको रजाईमा व्यस्त रहे। परिणामतः नागरिकका माग सडकमा राख्न बाध्य हुनुपर्‍यो। भदौ २३ को देशव्यापी आन्दोलनमा भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्धको आक्रोश त्यही यथार्थको प्रतिफल थियो। सामाजिक संजालमा प्रतिबन्ध लगाएर जनताको आवाज दबाउने प्रयास भयो, तर अन्ततः सिर्जनात्मक प्रतिरोध र निरन्तर दबाबले प्रतिबन्ध फुकुवा गरायो।

सामाजिक न्याय, भ्रष्टाचारमुक्त नेपाल र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि जनताको आन्दोलन अपरिहार्य थियो। तर शासकहरूले सडकमा आएका युवा र भविष्यका कर्णधारलाई लक्षित गरे। यही आन्दोलनमा ७२ भन्दा बढीले ज्यान गुमाए। उनीहरूको बलिदानीले नै आज सत्तासीन पार्टीहरूलाई जिम्मेवारीबोध गर्न बाध्य बनाएको छ।

आजको चुनौती भनेको गणतन्त्रको उपलब्धि जोगाउँदै राज्यको संस्थागत कमजोरी सुधार्नु हो। निर्वाचन, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषय नागरिक अधिकारसँग प्रत्यक्ष जोडिन्छन्। युवाहरूको ठूलो हिस्सा बेरोजगारी र वैदेशिक रोजगारीतर्फ धकेलिनु नागरिकताको मूल्य घटाउनु हो। यो केवल राजनीतिक असफलता होइन, नागरिक जिम्मेवारीबारे गहिरो प्रश्न पनि हो।

हाम्रो कर्तव्य यही छ कि शहीदहरूको बलिदानीलाई सम्मान गर्दै वर्तमान सरकारलाई सुझबुझका साथ सहयोग गर्ने हो। विवादभन्दा सकारात्मक र रचनात्मक मार्ग अपनाएर मुलुकलाई अघि बढाउनुपर्छ। सरकार र राजनीतिक दलका नेताहरूको कमजोरीका बावजुद नागरिकको हितमा काम गर्न सुझबुझ र समझदारी अपरिहार्य छ।

देशको समृद्धि केवल भौतिक संरचना पुनर्निर्माणले सम्भव हुँदैन; यसका लागि सचेत, सक्रिय र जिम्मेवार नागरिकको निरन्तर सहभागिता आवश्यक छ। विश्वभर रहेका नेपालीहरूलाई राष्ट्रिय आत्मसम्मान, सुरक्षा र स्वाभिमानसँग जोड्ने कडी यही नागरिक जिम्मेवारी हो।

आजको नेपाली नागरिकको भूमिका केवल अधिकारमा सीमित छैन। सक्रिय सहभागिता, सरकारप्रति निगरानी, सामाजिक उत्तरदायित्व र विकासमा योगदान गर्नु पनि हाम्रो दायित्व हो। नागरिकता मात्र बोकेर औपचारिक नागरिक बन्नु पर्याप्त छैन; यसको वास्तविक मूल्य तब महसुस हुन्छ जब हामी हक, दायित्व र जिम्मेवारी बुझेका सचेत नागरिक बनेका हुन्छौं।

अन्ततः, नागरिकता मात्र नभई नागरिक भएर बाँच्न, आफ्नो अधिकार र जिम्मेवारी बुझ्न, र राष्ट्रिय गौरवका लागि सक्रिय हुन हामी सबैको प्रयास आवश्यक छ। अब समय आएको छ कि नेपाली नागरिक भएर मात्र होइन, सचेत, जिम्मेवार र सक्रिय नागरिक भएर हामी आफ्नो देशको उज्जवल भविष्य निर्माण गरौं। शहीदको बलिदानी, लोकतन्त्रको संरक्षण र नागरिक जिम्मेवारीसँगै मात्र नेपाल उज्जवल र समृद्ध बन्न सक्छ।

सम्बन्धित पोस्ट
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑