भक्तपुर — गएरातिदेखि नै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात भएको छ । भने भोलिदेखि केही घट्ने अनुमान गरिएको छ । तर, पर्सिदेखि फेरि सक्रिय मौसमी प्रणालीका कारण पुनः ठूलो वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
म्हाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर सक्रिय छ, जसका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
भोलिदेखि यो प्रणाली केही कमजोर हुने भएकाले वर्षा घट्ने अपेक्षा गरिएको हो। तर पर्सिदेखि भारतको बिहार र उत्तर प्रदेश हुँदै अर्को मौसमी प्रणाली सक्रिय हुने पूर्वानुमान गरिएको छ, जसको प्रभाव नेपालमा समेत पर्नेछ। उक्त प्रणालीका कारण देशका मध्य र पूर्वी भू–भागमा भारी वर्षा र उच्च हिमाली क्षेत्रहरूमा हिमपात हुने सम्भावना छ। महाशाखाले नदी तथा खोला किनारका बासिन्दालाई सतर्क रहन र हिमाली क्षेत्रका यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com