भक्तपुर – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सरकार, जेनजी आन्दोलनका प्रतिनिधि र सम्बन्धित निकायबीच त्रिपक्षीय छलफलको तयारी भैरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको पनि सहभागी भएका छन् ।
सरकारले आउँदो फागुन २१ का लागि चुनावको घोषणा गरेको अवस्थामा आवश्यक वातावरण बनाउन र समसामयिक विषयमा त्रिपक्षीय छलफल केन्द्रित हुनेछ । जेनजी पक्षले विगतदेखि उठाउँदै आएका माग, विद्यार्थीमाथि भएको कारबाही र आन्दोलनको औचित्यबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको निवासमा दिउँसो ४ बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलका प्रमुख एवम् प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवम् प्रतिनिधि सहभागी हुनेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले चुनावलाई सफल बनाउन चरणबद्ध वार्ता र छलफल हुँदै आएको सन्दर्भमा आज त्रिपक्षीय बैठकको आह्वान भएको जानकारी दिनुभयो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com