भक्तपुर । आज भारतसँग नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैत्रीपूर्ण खेल खेल्दैछन् । खेल साझा ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुने भएको छ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा हुने छैनन् ।
यसअघि भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा इरानसँग ३ गोलले पराजित नेपाली टोलीले सोमवार भएको खेलमा साम्बाको २ गोल मद्धतले भारतलाई २–१ ले हराएको थियो । आजको मैत्रीपूर्ण खेल यसअघि भोलि बिहीवार हुने भनिएकोमा आजका लागि सारिएको हो । एन्फाका अनुसार मैत्रीपूर्ण खेल नेपाली टोलीको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका रूपमा खेलिँदैछ। नेपाल र भारतबीच आजको खेलले फिफाको अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com