पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान् महाशाखाको अनुसार आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा बाँकी प्रदेशको पहाडी भागका एक÷दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराइ भागको एक÷दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । तर पनि कृषि, पर्यटन, पर्वतारोहणलगायत स्वास्थ्यमा केही असर पर्न सक्ने भएकोले मौसमी जानकारी लिन उहाँको आग्रह छ । पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकामा पनि देखिने सम्भावना रहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com