कात्तिक १९, २०८२ बुधबार
भक्तपुर – आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत आज भएको खेलमा नेपालले युएईलाई २ सय ४० रनको लक्ष्य दिएको छ ।
यूएईमा चलिरहेको त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो । नेपालका भीम सार्कीले ४८, कुशल मल्लले ४५ रन बनाएका थिए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २÷२ विकेट लिए ।
यूएईमा चलिरहेको त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । शृङ्खलामा घरेलु टोली यूएई, नेपाल र अमेरिका सहभागी छन् । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ । नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा ४ विकेटले पराजित भएको थियो ।
यस्तै नेपाल यसअघि यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यूएई १९ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com