भक्तपुर- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो ।कर्णालीका मार्क वाटले शतक बनाए । उनले ४४ बलमा अविजित १ सय १४ रन बनाए । यस्तै विलियम बोसिस्टोले अविजित २९ रन बनाए । लुम्बिनीका शेर मल्लले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए । कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, मार्क वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए ।
कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । आजै दिउँसो साढे ३ बजेपछि काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ । काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ । उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो ।अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com